शिक्षकको कुटाईबाट बिद्यार्थी गम्भीर

शिक्षकको कुटाईबाट बिद्यार्थी गम्भीर

केन्द्रबिन्दु
0
Shares

डडेल्धुराको परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक बसौटी विद्यालयमा शिक्षकको कुटाईबाट बिद्यार्थीको टाउको फुटेको छ । गणित विषयका शिक्षक गजेन्द्र अवस्थीको कुटाईबाट कक्षा ६ मा अध्यनरत राम कामी गम्भीर घाइते भएका हुन् ।

गृहकार्य नगरी आएको भन्दै शिक्षक अवस्थीले स्केलले हानेर टाउकोमा गम्भीर चोट लागेको हो । टाउकोबाट धेरै रगत बगेको अवस्थामा विद्यालय नजिकै रहेको स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि विद्यार्थीलाई जोगबुढा अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि विद्यार्थीलाई शुक्रबार कैलाली लागिएको छ ।

उचित उपचार खर्च उपलब्ध गराउन माग गर्दै निर्घात कुटपिट गर्ने शिक्षक अवस्थीलाई कडा कारबाहीको माग गर्नुपर्ने अभिभावकको माग छ ।

Skip This
Skip This
Logo