काठमाडौँ

सशस्त्र प्रहरी बलका आईजी शैलेन्द्र खनालको कार्यशैली प्रति संगठन भित्र असन्तुष्टि बढ्न थालेको छ । "/>

सशस्त्रमा आईजी खनालको मनोमानी

सशस्त्रमा आईजी खनालको मनोमानी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सशस्त्र प्रहरी बलका आईजी शैलेन्द्र खनालको कार्यशैली प्रति संगठन भित्र असन्तुष्टि बढ्न थालेको छ । सरुवा–बढुवा एवं गृहमा उनले गरेका सिफारिस प्रति संगठनका सदस्यले असन्तुष्टी व्यक्त गरेका हुन् । उनले बढुवामा वरीयता मिचेको आरोप छ । उनले एसपीमा बढुवा गर्दा १३ औं नम्बरका रेशम कुमार थक्सु, १६ औं नम्बरका डीएसपी प्रेमध्वज शाह र ९ नम्बरका गाहारधन राईलाई क्रमशः एक, दुई र तीन नम्बरमा ल्याएको आरोप छ ।

हाइटी शान्ति मिसनमा रहेका बेला गणपति तालिमको प्रमाणपत्र लिएपछि विवादमा मुछिएका डीएसपी हुन् राई । तीन महिने तालिममा जम्मा एक महिना मात्र तालिम लिएर राई मिसनमा गए पनि तालिमको पूरै अवधि जोडेर प्रमाणपत्र दिइएको चर्चा सशस्त्र मुख्यालयमा छ । वरीयतामा २९ औं नम्बरका सुरेशकुमार श्रेष्ठ, र ३६ औं नम्बरका दीपेन्द्र शाहलाई क्रमशः पाँच र ६ नम्बरमा बढुवा गरेपछि वरिष्ठतामा अघि रहेका डीएसपी आइएजी खनालसँग असन्तुष्ट भएका हुन् ।

केही दिन अघि मात्र आईजी खनालले प्रशासनलाई जानकारी नै नदिई डीएसपी र इन्स्पेक्टरलाई क्षेत्रमा काज खटाउने पत्र आफ्नै सचिवालयमा तयार पारे र लिएर गृह मन्त्रालय पुगे । सशस्त्रको नियमावली अनुसार डीएसपी र इन्स्पेक्टरको काज सरुवा गर्न पाउने अधिकार आईजीलाई नै दिएको छ । उनले आफ्नो अधिकारक्षेत्र भित्र रहेको काज सरुवा गर्न मन्त्रालयको स्वीकृति लिन खोज्नुलाई संगठनका वरिष्ठ अधिकारीहरूले अनौठो मानेका छन् । उनले लेखा र कानुनका अधिकृतलाई बोलाएर आफ्नो कार्यकालभर उनीहरू कसैको बढुवा नगर्ने चेतावनी दिएको बताइन्छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo