जनकपुरको उत्कृष्ट बलिङसामु विराटनगरको कमजोर ब्याटिङ

जनकपुरको उत्कृष्ट बलिङसामु विराटनगरको कमजोर ब्याटिङ

केन्द्रबिन्दु
36
Shares

काठमाडाैं । जारी नेपाल प्रिमियर लिगको नवौं खेलमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको विराटनगर किंग्सले कमजोर सुरुवात गरेको छ। १० ओभरको खेल समाप्तिमा विराटनगरले ३ विकेट गुमाएर ५८ रन बनाएको छ।

विराटनगरका ओपनरहरू जर्ज मुन्से र मार्टिन गुप्टिलले राम्रो सुरुवात गर्ने प्रयास गरे पनि जनकपुरका बलरहरूले कसिलो बलिङ गरेर उनीहरूलाई बढी रन बनाउन दिएनन्। युवा ब्याट्सम्यान लोकेश बमले २६ बलमा २८ रन बनाए ।

जर्ज मुन्से १० रन बनाएर आउट भए भने मार्टिन गुप्टिल १३ रनमा पेभेलियन फर्किए।

अहिले क्रिजमा बसिर अहमाद र शुभम रञ्जने रहेका छन्। विराटनगर किंग्सलाई सम्मानजनक योगफलतर्फ लैजानका लागि बाँकी रहेका १० ओभरमा बसिर अहमाद र शुभम रञ्जनेलाई ठूलो साझेदारी गर्नुपर्ने चुनौती छ।

जनकपुर बोल्ट्सका बलरहरूले सुरुदेखि नै दबाव कायम राखे। जनकपुरका लागि सङ्गीत कूरय सबैभन्दा सफल बलर बने। उनले आफ्नो ३ ओभरमा १९ रन मात्र खर्चेर महत्त्वपूर्ण २ विकेट लिएका छन्।

Skip This
Skip This
Logo