काठमाडौँ
दुवै खुट्टा नभएका ७० वर्षीय चिनियाँ आरोही जिया बोयू सगरमाथा शिखरमा पुगेका छन् । चिनियाँ आरोही बोयूले सोमबार बिहान साँढे ८ बजे दुईवटै कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरेका हुन् । बोयूसँगै उनका सहयोगीले पनि सोही समयमा शिखर चुमेका छन् ।
अब उनी दुईटै कृत्रिम खुट्टाको सहायताले सगरमाथा चढ्ने दोस्रो व्यक्ति बनेका छन् । यो कीर्तिमानीसँगै उनी नेपालबाटै कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गर्ने पहिलो व्यक्ति भएका हुन् । सगरमाथा आरोहणकै क्रममा सन् १९७५ मा आरोही जियाले दुईवटै खुट्टा हिउँले खाएपछि कृत्रिम खुट्टा राखेका थिए ।
यस अघि कृत्रिम खुट्टा राखे पनि उनले सगरमाथा आरोहणको चारपटक प्रयास गरेका थिए । उनी सन् २०१५ मा पनि सगरमाथा आरोहणका लागि आधार शिविरमा पुगिसकेका थिए । तर विनाशकारी भूकम्पका कारण त्यसै फर्किनु परेको थियो । गत वर्ष पनि सगरमाथाकै उनी ८ हजार मिटर उचाइमा पुगेर फर्किएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत गणेश बहादुर कटुवालले सो जानकारी गराएको पर्यटन विभागले जनाएको छ ।
यसैविच यस वर्षको आरोहण शुरु भएको दोस्रो दिन एकै पटक ५० आरोही विश्वकै सर्वोच्च शिखर सगरमाथामा पुगेका छन् । सगरमाथा आधार शिविरमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार यति संख्यामा स्वदेशी तथा विदेशी नागरिकले आरोहण सम्पन्न गरेका हुन् ।
राजधानीबाट































प्रतिक्रिया