काठमाडाैं । पहिलो संस्करणकाे ‘अल्फाबिटा गर्ल्स बास्केटबल टुर्नामेन्ट’ सम्पन्न भएको छ । सोमबार ललितपुरको रोयल बास्केटबल एकेडेमीमा सम्पन्न भएको उक्त टुर्नामेन्टको ट्रफी ‘गोल्डेनगेट इन्टरनेसनल कलेज’ले जितेको हाे ।
शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाद्धारा आयोजित यस टुर्नामेन्टमा १६ वटा विभिन्न स्कुल तथा कलेजका छात्रा विद्यार्थीहरुको सहभागिता रहेको थियो । दुई दिन चलेको उक्त टुर्नामेन्टमा पहिलो भएको गोल्डेनगेट इन्टरनेसनल कलेजले ट्रफी र मेडलसहित ६० हजार रुपैयाँ पनि जितेको छ । यसैगरी दोस्रो भएको जेभियर इन्टरनेसनल कलेजले मेडल र ट्रफीका साथ ३० हजार र तेस्रो भएको ल्याण्डमार्क एकेडेमीले मेडल र ट्रफी जित्न सफल भएका थिए ।

प्रतियोगिताको मोस्टभ्यालुएबल प्लेयर गोल्डेन गेट इन्टरनेशनल कलेजका सञ्जु घिसिङ घाेषित भइन् । उनले ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पनि पाएकी छन् । त्यसैगरी प्रतियोगिताको सर्वाधिक अङ्क बनाउन सफल काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटका नौसिका लिम्बुले पनि ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र जितिन् ।

शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाको शैक्षिक र एथलेटिक क्यालेन्डरमा समावेस यस टुर्नामेन्ट गर्नुको मूख्य उद्देश्य युवा महिलाहरूमाझ सामूहिक कार्य, अनुशासन र नेतृत्वलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ ।





























प्रतिक्रिया