जाडोलाई लक्षित गर्दै क्रम्प्टनका नयाँ गिजर सार्वजनिक

जाडोलाई लक्षित गर्दै क्रम्प्टनका नयाँ गिजर सार्वजनिक

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । जाडोयाम सुरु हुँदै गर्दा घर-परिवारलाई न्यानो, सुरक्षित र भरपर्दो तातोपानी उपलब्ध गराउने उद्देश्यले क्रम्सन ब्रान्डले नेपाली बजारका लागि नयाँ स्टोरेज वाटर गिजर मोडेलहरू सार्वजनिक गरेको छ। नेपालमा क्रम्सन उत्पादहरूको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स ले नयाँ मोडेलहरूको बिक्री तथा वितरण सुरु भएको जानकारी दिएको छ।

क्रम्सन का गिजरहरू दिगोपन, स्थिर हिटिङ पफर्मेन्स र सुरक्षित हिटिङ सिस्टम का कारण नेपाली घरपरिवारबीच पहिलेदेखि नै लोकप्रिय छन्। यस वर्ष बजारमा आएको ‘एकेन्जा प्लस’ र ‘सोलेरियम केयर’ श्रृंखलाले उपभोक्तालाई अझ परिष्कृत र भरपर्दो हिटिङ एक्सपेरियन्स प्रदान गर्ने कम्पनीको दाबी छ।

जाडोमा सुरक्षित र भरपर्दो तातोपानी अनुभव

कम्पनीका अनुसार, नयाँ मोडेलहरू स्टोरेज हिटिङ टेक्नोलोजी मा आधारित छन्, जसले चिसो मौसममा पनि पानी छिट्टै तताउने र लामो समयसम्म न्यानो कायम राख्ने क्षमता प्रदान गर्छ।

एक्जेनिया प्लस सिरिज आधुनिक घरका लागि प्रिमियम हिटिङ पफर्मेन्स उपलब्ध गराउँछ भने सोलेरियम केयर सिरिज ले दैनिक प्रयोगका लागि सहज, सुरक्षित र दिगो हट वाटर सोलुसन प्रदान गर्छ।

नयाँ मोडेलका प्रमुख विशेषताहरू

क्रम्सन का दुवै नयाँ मोडेलमा उपभोक्ता आवश्यकतालाई ध्यानमा राख्दै निम्न उच्चस्तरीय विशेषताहरू सामूहिक रूपमा समावेश गरिएको छ:

रोबस्ट ग्यासलाइन कोटिङ – हार्ड वाटर कन्डिसन मा पनि ट्यांकलाई दिगो र सुरक्षित राख्ने।
एलईडी वाटर टेम्प्रेचर नोटिफिकेसन – पानी तत्ने क्रममा तापक्रम परिवर्तन तुरुन्त बुझ्न सहयोग गर्ने एलईडी सूचक।
एन्टी स्केल टेक्नोलोजी – ट्यांकभित्र जम्ने खनिज तह रोक्दै दीर्घकालीन प्रदर्शन कायम राख्ने।
थ्री बाथिङ मोड्स – हाइजिन, बेबी केयर र हेयर केयर मोड; परिवारका सबै सदस्यका लागि अनुकूल र सहज।
एकेन्जा प्लस सिरिज: स्मार्ट इनर्जि म्यानेजमेन्ट टेक्नोलोजी समावेश गरिएको छ, जसले ऊर्जा खपतलाई अनुकूल बनाइ हिटिङ पफर्मेन्स अझ कुशल बनाउँछ। आधुनिक घरका लागि दिगो, स्मार्ट र प्रिमियम हिटिङ सोलुसनका रूपमा यो मोडेल प्रस्तुत गरिएको छ।

सोलेरियम केयर सिरिज: फाइभ स्टार इनर्जी रेटिङ समावेश गरिएको छ, जसले विद्युत् खपत कम गर्दै ऊर्जा-दक्ष तथा लागत-मैत्री हिटिङ एक्सपेरियन्स प्रदान गर्छ। दैनिक प्रयोगका लागि स्थिरता, सुरक्षा र भरपर्दोपन खोज्ने उपभोक्ताका लागि यो मोडेल उपयुक्त मानिन्छ।

देशभरका सीजी डिजिटल शो-रूमहरू, सीजी इलेक्ट्रोनिक्स डिलर नेटवर्क, तथा प्रमुख ई कमर्स प्लेटफर्महरूमा नयाँ क्रम्सन गिजरहरूको बिक्री सुरु गरिएको छ। सीजी इलेक्ट्रोनिक्स ले आफ्टर सेल्स सर्भिस, इन्स्टलेसन सपोर्ट, तथा स्पेयर पार्ट्स उपलब्धतालाई प्राथमिकतामा राख्दै सहज र छिटो ग्राहक सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Logo