सुनसरी

इटहरीकी कृषक मिठुमाया कार्की हर्षित मुद्रामा हातमा ११ हजार र ‘हीरा’को उपाधि लिँदै भन्दै थिइन्, ‘यसले दूध पनि धेरै दिन्छ, रोग पनि केही लागेको छैन । "/>

सुनसरीमा भैंसी सुन्दरी प्रतियोगिता सम्पन्न !

सुनसरीमा भैंसी सुन्दरी प्रतियोगिता सम्पन्न !

केन्द्रबिन्दु
0
Shares

सुनसरी

इटहरीकी कृषक मिठुमाया कार्की हर्षित मुद्रामा हातमा ११ हजार र ‘हीरा’को उपाधि लिँदै भन्दै थिइन्, ‘यसले दूध पनि धेरै दिन्छ, रोग पनि केही लागेको छैन ।’ मिठुमायाले माया गरेर पालेको भैंसी ‘हीरा’लाई सुन्दरी प्रतियोगितामा सहभागी गराएकी थिइन् । उनको गोठको भैंसीले उपाधि जित्नु भन्दा पनि भैंसी पालनका लागि सुविधा पाइन्छ कि भन्ने आशा मात्र थियो । उपाधि नै चुमेपछि उनी भैंसी पालनमा थप हौसिएकी छन् । उनी भन्छिन्, ‘उपाधि नै जित्छ भन्ने सोचेकी थिइनँ तर निःशुल्क बिमा र नगद हात लाग्यो ।’ बिमा सहित अब उनको हीराले निःशुल्क उपचार पनि पाउनेछ ।

कृषकलाई प्रोत्साहन गर्न राष्ट्रिय भैंसी अनुसन्धान केन्द्रले यो प्रतियोगिता शनिबार इटहरीमा गरेको थियो । उपाधि जित्ने भैंसी कृषकलाई वातावरण तथा पर्यावरण संरक्षण केन्द्रले नगद दिएको थियो । प्रतियोगितामा कृषकहरूले ३८ वटा भैंसीको सहभागिता गराएका थिए । प्रतियोगितामा नरबहादुर कार्कीले पालन गरेको ‘चम्पा’ले दोस्रो उपाधि सहित ९ हजार तथा बेदनिधि दाहालको ‘काली’ले ५ हजार रूपैयाँ सहित तेस्रो पुरस्कार पाए । किसान हरिप्रसाद नेपालको काली नाम गरेको भैंसीले चौथो भएर ३ हजार ५ सय रूपैयाँ तथा पाँचौं हुने किसान नारायणबहादुर बुढाथोकीको ‘काली’ले नै २ हजार ५ सय रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
राजधानीबाट

Skip This
Skip This
Logo