काठमाडौं ।
नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले बौद्धिक क्षमता कम भएकाले नेतृत्व गरेकाले सिंगो समाजले दुख पाएको बताएका छन् । ललितपुरको इमाडोलमा सनिबार आयोजित सितापाखा खानेपानी ट्याङ्की सिलान्यास कार्यक्रममा वरिष्ठ नेता नेपालले बौद्धिक क्षमता कम भएकाको नेतृत्वले गर्दा सिङ्गो समाजले दुख पाउने गरेको बताए ।
उनले नेपालमा नेतृत्व निकै हल्का ढङ्गले चलेको पनि टिप्पणी गरे । बुद्धि नभएकाहरुले ‘अधेँरी नगरी चौपट राजा टके सेर भाजी टके सेर खाजा’ भन्ने उखान जस्तै राजा हरिशचन्दको नाटक मञ्चन गरेको तर्क गरे ।
नेता नेपालले अपराध गरेका सांसदलाई निलम्बन गर्न नपाईने तर सेवा सुविधा खोसिने प्रावधान सहितको प्रतिनिधिसभा संञ्चालन नियमावलिको मस्यौदा तयार पारिएको भन्दै आपत्ती जनाए ।
नेतृत्वको अदुरदर्शी सोचका कारण कहिले काही संविधान र कानुननै प्रभावित हुन सक्ने जोखिम रहेको उल्लेख गर्दे उनले अपराधीले उन्मुक्ति नपाउने ढंगले कानुनलाई ठिक ठाँउमा ल्याउनु पर्ने बताए ।
पाटीहरुवीचको शक्ति सन्तुलनको विन्दुका आधारमा संविधान र कानुन बन्ने भएकाले शक्ति सन्तुलनको प्रभाव कानुन र संविधानमा देखापर्दा कानुनमा समेत त्रुटी हुने बताए । उनले नगरपालिका र उपमहानगरपालिका घोषणामा नेतृत्वको अदुरदर्शीता र शक्ति सन्तुलनको प्रभाव देखिएको टिप्पणी गरे ।
नेता नेपालले कुनै पनि सार्वजनिक हितको निर्णय गर्दा दुरदर्शी सोच र ज्ञानको प्रयोग गर्न उहाँले सबैलाई सुझाव दिए ।































प्रतिक्रिया