काठमाडौं । साताको अन्तिम दिन नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार २ सय रूपैयाँले बढेको हो । बिहीबार तोलामा २ लाख ४८ हजार ४ सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार बढेर २ लाख ५० हजार ६ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ६५ रूपैयाँले बढेर चाँदी ३ हजार ३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





























प्रतिक्रिया