काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौं गोर्खाजमा आबद्ध इंग्ल्यान्डका विकेटकिपर ब्याटर सिम्पसनले अर्धशतक प्रहार गरेका छन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको काठमाडौंका लागि सिम्पसनले २५ बलमा ३ चौका र ४ छक्काको मदतमा अर्धशतक पूरा गरेका हुन् ।
हाल काठमाडौंले १४औं ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा १०९ रन जोडिसकेको छ ।





























प्रतिक्रिया