नेपाल एयरलायन्सका क्याप्टेन विजय लामालाई जहाज उडाउन प्रतिबन्ध

नेपाल एयरलायन्सका क्याप्टेन विजय लामालाई जहाज उडाउन प्रतिबन्ध

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका दुईजना पाईलटलाई ग्राउन्डेड गरेको छ।

क्यानले शुक्रबार नेपाल एयरलायन्सलाई लिखित पत्राचर गर्दै वाइडबडी जहाजका क्याप्टेन विजय लामा र क्याप्टेन सोनी राणालाई उडानमा रोक लगाउन निर्देशन दिएको हो। उडानमा रहेको जहाजमा फोटो र भिडियोग्राफी गरेर उडान सुरक्षा सञ्चालन नियम उल्लंघन गरेको आरोपमा क्याप्टेन विजय लामा र सोनी राणालाई ग्राउन्डेड गरिएको हो ।

दुवै पाइलटलाई ‘अर्को सूचना नआएसम्म’ का लागि जहाज उडाउन पाउने छैन्न । निगमको फ्लाइट अपरेसन डिभिजन प्रमुख पाइलट संगम कार्कीले हस्ताक्षर गरेको निर्देशनमा दुवै पाइलटलाई अर्को सूचना जारी नभएसम्मका लागि सक्रिय उडान ड्युटीमा सहभागी नगराउन उल्लेख गरिएको छ ।

१८ महिनाअघि यस्तै अभियोगमा ग्राउन्डेड गरिएका क्याप्टेन लामाले माफी मागेपछि कारबाही फुकुवा गरिएको थियो । लामा सामाजिक सञ्जाल तथा युट्युबमा पनि सक्रिय छन्। क्याप्टेन लामा यसअघि पनि कारबाहीमा परेका थिए । लामालाई यही अभियोगमा प्राधिकरणले चौथो पटक कारबाही गरेको हो ।

Skip This
Skip This
Logo