काठमाडाैं । काठमाडाैंकाे भगवतीबहालमा इन्स्टिच्युट अफ इन्टरनेशनल म्यानेजमेन्ट साइन्स कलेज अर्थात आइआइएमएस २.० कलेज खुलेकाे छ । टेलर्स युनिभर्सिटी मलेसियासँगकाे सहकार्यमा शुक्रबार आधुनिक र प्रगतिशील कलेज आइआइएमएस २.० भव्य भव्य उद्घाटन गरिएको हो ।
अन्तर्राष्ट्रिय साझेदारी, उद्भावनशीलता, तथा उद्योग अभिमुख शिक्षण पद्धतिबाट व्यवस्थित यो कलेजले नेपालमा उच्च शिक्षाको गुणस्तरलाई विश्व मापदण्डअनुसार विकास गर्ने लक्ष्य राखेको छ ।
सन् २०१० मा स्थापना भएको आइआइएमएस कलेजले गुणस्तरीय, विश्वव्यापी मापदण्डअनुरूपका कार्यक्रमहरू प्रदान गर्दै अग्रगामी शैक्षिक संस्थाको रूपमा विकास हुँदै आएको छ । टेलर्स युनिभर्सिटी–दक्षिणपूर्व एसियाका अग्रणी निजी विश्वविद्यालयमध्ये एक–डब्लुएस वल्र्ड यूनिभर्सिटी र्याङ्किगमा २५३औं स्थानमा रहेको तथा विश्वका शीर्ष १ प्रतिशत विश्वविद्यालयमध्ये सूचीकृत प्रतिष्ठित संस्था हो । यस कलेजले प्राप्त गरेको एएसीएसबी मान्यता प्राप्त व्यवसाय कार्यक्रमले अन्तर्राष्ट्रियस्तरको उच्च–गुणस्तरीय शिक्षाप्रति यसको प्रतिबद्धता झल्काउँछ ।

उद्घाटन समारोहमा टेलर्स युनिभर्सिटी, मलेशियाका वरिष्ठ नेतृत्व टोली तथा शैक्षिक नेतृत्व गर्ने व्यक्तिहरू, उद्योग प्रतिनिधि, विद्यार्थी तथा राष्ट्रिय सञ्चारमाध्यमको उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो ।
कार्यक्रममा अतिथिहरूका रुपमा भाइस चान्सलर एण्ड प्रेसिडेन्ट टेलर्स यूनिभर्सिटी मलेसियाका प्रोफेसर ब्यारी विन, भाइस चान्सलर प्लानिङ एण्ड एकेडेमिक डेभलपमेन्टका एनजी शोक पिङ, एक्ज्युक्यिुटिभ डिन फ्याकल्टी अफ सोसल साइन्स एण्ड लेइसर म्यानेजमेन्टका प्रो. नीथैयानाथन अरी राघवन र एक्ज्युक्यिुटिभ डिन, फ्याकल्टी अफ बिजनेस एण्ड ल’का प्रो. चोङ सियोङ चोय सहभागी थिए । अतिथिहरूले स्मार्ट कक्षा, अत्याधुनिक प्रयोगशाला, विद्यार्थी–केन्द्रित शिक्षण क्षेत्र, आधुनिक पूर्वाधार तथा अन्तर्राष्ट्रियस्तरका सिकाइ–सुविधाहरूको अवलोकन गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइआइएमएस ग्रुपका मुख्य कार्यकारी अधिकृत तथा कार्यकारी अध्यक्ष सबिन्द्र महर्जनले आइआइएमएस ग्रुप २.० केवल एउटा भवन मात्र नभएर नेपालको भविष्यप्रति गरिएको प्रतिबद्धता भएको बताए ।
उनले नेपालमै विश्वस्तरीय शैक्षिक वातावरण सिर्जना गर्दै नेपाली विद्यार्थीहरुले नेपालमै विश्व–स्तरीय शिक्षा प्राप्त गर्ने पनि दाबी व्यक्त गरे ।

त्यस्तै, टेलर्स युनिभर्सिटीका भाइस–च्यान्सलर प्राध्यापक बेरीले आजको दिनलाई अन्तर्राष्ट्रिय शिक्षामा एउटा महत्वपूर्ण माइलस्टोन स्थापित भएको दिन भएको जानकारी दिए । त्यस्तै उनले टेलर्स युनिभर्सिटीमा भौगोलिक सीमाभन्दा माथि उठेर गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको पनि बताए ।
आइआइएमएससँगको सहकार्यले नेपालका भावी विश्व–नागरिकहरूलाई सशक्त बनाउन साझा प्रतिवद्धतालाई अझ मजबुत बनाएको पनि उनले विश्वास ब्यक्त गरे ।
आइआइएमएस कलेजले आफ्नो शैक्षिक उत्कृष्टतालाई नेतृत्व विकास, उद्यमशीलता, उद्योग–सम्पर्क, खेलकुद, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूजस्ता सह–पाठ्यक्रमीय कार्यक्रमहरूको माध्यमबाट थप मजबुत बनाउँदै आएको छ । स्मार्ट कक्षा, डिजिटल शिक्षण क्षेत्र, अत्याधुनिक प्रयोगशाला, नवप्रवर्तन केन्द्र, आतिथ्य प्रशिक्षण सुविधा, विद्यार्थी सहकार्य क्षेत्र, रूफटप लर्निङ टेरस, साथै टेलर्स क्याफे अरन्या बुटिक होटल जस्ता अनुभूति–आधारित सिकाइ रूपमा आफूलाई स्थापित गर्ने कलेजकाे लक्ष्य छ ।
काठमाडाैंकाे भगवतीबहालमा इन्स्टिच्युट अफ इन्टरनेशनल म्यानेजमेन्ट साइन्स कलेज अर्थात आइआइएमएस २.० कलेज खुलेकाे छ । शुक्रबार आधुनिक र प्रगतिशील क्याम्पस आइआइएमएस २.० भव्य भव्य उद्घाटन गरिएको हो ।
अन्तर्राष्ट्रिय साझेदारी, उद्भावनशीलता, तथा उद्योग अभिमुख शिक्षण पद्धतिबाट व्यवस्थित यो क्याम्पसले नेपालमा उच्च शिक्षाको गुणस्तरलाई विश्व मापदण्डअनुसार विकास गर्ने लक्ष्य राखेको छ ।
सन् २०१० मा स्थापना भएको आइआइएमएस कलेजले गुणस्तरीय, विश्वव्यापी मापदण्डअनुरूपका कार्यक्रमहरू प्रदान गर्दै अग्रगामी शैक्षिक संस्थाको रूपमा विकास हुँदै आएको छ । टेलर्स युनिभर्सिटी–दक्षिणपूर्व एसियाका अग्रणी निजी विश्वविद्यालयमध्ये एक–डब्लुएस वल्र्ड यूनिभर्सिटी र्याङ्किगमा २५३औं स्थानमा रहेको तथा विश्वका शीर्ष १ प्रतिशत विश्वविद्यालयमध्ये सूचीकृत प्रतिष्ठित संस्था हो । यस कलेजले प्राप्त गरेको एएसीएसबी मान्यता प्राप्त व्यवसाय कार्यक्रमले अन्तर्राष्ट्रियस्तरको उच्च–गुणस्तरीय शिक्षाप्रति यसको प्रतिबद्धता झल्काउँछ ।
उद्घाटन समारोहमा टेलर्स युनिभर्सिटी, मलेशियाका वरिष्ठ नेतृत्व टोली तथा शैक्षिक नेतृत्व गर्ने व्यक्तिहरू, उद्योग प्रतिनिधि, विद्यार्थी तथा राष्ट्रिय सञ्चारमाध्यमको उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो । कार्यक्रममा अतिथिहरूका रुपमा भाइस चान्सलर एण्ड प्रेसिडेन्ट टेलर्स यूनिभर्सिटी मलेसियाका प्रोफेसर ब्यारी विन, भाइस चान्सलर प्लानिङ एण्ड एकेडेमिक डेभलपमेन्टका एनजी शोक पिङ, एक्ज्युक्यिुटिभ डिन फ्याकल्टी अफ सोसल साइन्स एण्ड लेइसर म्यानेजमेन्टका प्रो. नीथैयानाथन अरी राघवन र एक्ज्युक्यिुटिभ डिन, फ्याकल्टी अफ बिजनेस एण्ड ल’का प्रो. चोङ सियोङ चोय सहभागी थिए । अतिथिहरूले स्मार्ट कक्षा, अत्याधुनिक प्रयोगशाला, विद्यार्थी–केन्द्रित शिक्षण क्षेत्र, आधुनिक पूर्वाधार तथा अन्तर्राष्ट्रियस्तरका सिकाइ–सुविधाहरूको अवलोकन गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइआइएमएस ग्रुपका मुख्य कार्यकारी अधिकृत तथा कार्यकारी अध्यक्ष सबिन्द्र महर्जनले आइआइएमएस ग्रुप २.० केवल एउटा भवन मात्र नभएर नेपालको भविष्यप्रति गरिएको प्रतिबद्धता भएको बताए । उनले नेपालमै विश्वस्तरीय शैक्षिक वातावरण सिर्जना गर्दै नेपाली विद्यार्थीहरुले नेपालमै विश्व–स्तरीय शिक्षा प्राप्त गर्ने पनि दाबी व्यक्त गरे ।
बाइट…
त्यस्तै टेलर्स युनिभर्सिटीका भाइस–च्यान्सलर प्राध्यापक बेरीले आजको दिनलाई अन्तर्राष्ट्रिय शिक्षामा एउटा महत्वपूर्ण माइलस्टोन स्थापित भएको दिन भएको जानकारी दिए । त्यस्तै उनले टेलर्स युनिभर्सिटीमा भौगोलिक सीमाभन्दा माथि उठेर गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको पनि बताए । आइआइएमएससँगको सहकार्यले नेपालका भावी विश्व–नागरिकहरूलाई सशक्त बनाउन साझा प्रतिवद्धतालाई अझ मजबुत बनाएको पनि उनले विश्वास ब्यक्त गरे ।
आइआइएमएस कलेजले आफ्नो शैक्षिक उत्कृष्टतालाई नेतृत्व विकास, उद्यमशीलता, उद्योग–सम्पर्क, खेलकुद, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूजस्ता सह–पाठ्यक्रमीय कार्यक्रमहरूको माध्यमबाट थप मजबुत बनाउँदै आएको छ ।
रिबन–कटिङ, क्याम्पस भ्रमण र सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न कलेज २.० को शुभारम्भले नेपालमा उच्च शिक्षाको नयाँ अध्यायको सुरुवात गरेको छ । स्मार्ट कक्षा, डिजिटल शिक्षण क्षेत्र, अत्याधुनिक प्रयोगशाला, नवप्रवर्तन केन्द्र, आतिथ्य प्रशिक्षण सुविधा, विद्यार्थी सहकार्य क्षेत्र, रूफटप लर्निङ टेरस, साथै टेलर्स क्याफे अरन्या बुटिक होटल जस्ता अनुभूति–आधारित सिकाइ रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य राख्दछ ।































प्रतिक्रिया