‘बारुद र मसीको घोल नै युद्ध पत्रकारिता हो’ -अध्यक्ष दाहाल

‘बारुद र मसीको घोल नै युद्ध पत्रकारिता हो’ -अध्यक्ष दाहाल

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बारुद र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताएका छन् ।

शुक्रबार पत्रकार दिपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ नामक पुस्तक लोकार्पण गर्दै उनले पुस्तकले जनयुद्धमा जनपत्रकारहरुले खेलेको भूमिका साहसिक र अतुलनीय रहेको बताएका छन् । उनले भने, ‘बन्दुक र कलमको समायजोन, लडाई र पढाइको फ्युजन, बारुद र मसिको घोलको समिश्रण आजको गणतन्त्र हो ।’

जनयुद्धमा सामेल भएर पत्रकारिता गरेका पत्रकारहरुले मात्रै नभएर मुलधारका सञ्चार माध्यमका संचारकर्मीहरुले गरेको योगदानले आजको परिवर्तन सम्भव भएको दाहालले बताए ।

Logo