कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कर्णाली याक्सले विराटनगर किंग्सलाई चुनाैतीपूर्ण लक्ष्य प्रस्तुत गरेकाे छ ।
कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन जाेडेकाे हाे । कर्णालीका लागि ओपनर प्रियाङ्क पञ्चाल र मध्यक्रमका ब्याट्सम्यान विलियम बोसिस्टोले उत्कृष्ट अर्धशतकीय साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्याएका थिए।
पञ्चालले सर्वाधिक ६३ रन जोडे। उनले ४७ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे। अर्का ब्याट्सम्यान विलियम बोसिस्टोले ४८ बलमा ४ चौकासहित ४८ रन बनाएर अविजित रहे।
तीव्र गतिमा रन जोड्ने क्रममा गुलशन झाले केवल १० बलमा २० रन बनाए, जसमा २ चौका र १ छक्का समावेश थियो।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा मात्र २४ रन खर्चेर १ विकेट लिए र सबैभन्दा किफायती बलर बने। मार्चेन्ट डी लाङ्गेले पनि २९ रन खर्चेर १ विकेट लिए।
बसिर अहमद र साम हेजलेटले पनि आफ्नो ४-४ ओभरको स्पेलमा क्रमशः २५ र ३२ रन खर्चे पनि कुनै विकेट लिन सकेनन्।





























प्रतिक्रिया