काठमाडौँ
सरकारले निजामती कर्मचारीले पाउँदै आएको भत्ता सुविधामा ठूलो मात्रामा कटौती गर्ने निर्णय गरेको छ । यसरी भत्ता कटौती गर्दा राज्यलाई झन्डै ६ अर्ब रुपैयाँ व्ययभार कम पर्ने सरकारी दाबी छ । आगामी साउन १ गते देखि स्थानीय भत्ता र महँगी भत्ता बाहेक सबै प्रकारका भत्ता रोक्ने निर्णय सरकारले गरेको हो ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अर्थ मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक खर्चमा मितव्ययिता गर्ने नीति पास गरेको छ । नीतिमा करिब तीन दर्जन कार्यक्रम राखिएका छन् । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा निजामती कर्मचारीका लागि फिल्ड भत्ताबापत २० करोड ९२ लाख १२ हजार र अन्य प्रकारका भत्तामा पाँच अर्ब ६८ करोड, ७५ लाख ६५ हजार छुट्ट्याएको छ । स्थानीय भत्तामा एक अर्ब ३४ करोड, ९७ लाख नौ हजार, महँगी भत्तामा तीन अर्ब ४५ लाख ८७ लाख सात हजार छुट्ट्याइएको मन्त्रालयको भनाइ छ ।
सरकारले छुट्ट्याएको बजेट मध्ये गत वैशाख तेस्रो साता सम्म फिल्ड भत्तामा ६ करोड ८६ लाख एक हजार र अन्य प्रकारका भत्तामा तीन अर्ब ४२ करोड ४५ लाख १६ हजार रुपैयाँ खर्च भएको छ । स्थानीय भत्ता बापत ७५ करोड ८३ लाख ६ हजार र महँगी भत्तामा दुई अर्ब ३४ करोड ७९ लाख ३६ हजार खर्च भएको मन्त्रालयले जनाएको छ ।
नागरिकबाट































प्रतिक्रिया