सिन्धुपाल्चोक

जनप्रतिनिधिकै मिलेमतो र आडमा सुनकोसी तथा इन्द्रावती नदी अप्राकृतिक र अवैधानिक ढंगले तीव्र दोहन गरिएको पाइएको छ । "/>

एक वर्षमा इन्द्रावती नदी हालसम्मकै सर्वाधिक दोहन

एक वर्षमा इन्द्रावती नदी हालसम्मकै सर्वाधिक दोहन

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक

जनप्रतिनिधिकै मिलेमतो र आडमा सुनकोसी तथा इन्द्रावती नदी अप्राकृतिक र अवैधानिक ढंगले तीव्र दोहन गरिएको पाइएको छ ।

भूकम्पपछिको पुनर्निर्माणलाई सघाउन नदीजन्य पदार्थको उत्खनन् गर्न स्थानीय तहलाई दिएको अधिकार एकाएक फिर्ता लिइएपछि जनप्रतिनिधि, क्रसर व्यवसायी र बिचौलियाको त्रिपक्षीय मिलेमतोमा नदीमा ब्रह्मलुट मच्चाइएको खुलेको हो। स्थानीय तहको निर्वाचनपछि स्थानीय प्रशासनले कार्यविधि बनाएर नदीजन्य पदार्थ (ढुंगा, बालुवा) को उत्खनन् गर्ने अधिकारी सम्वन्धित गाउँपालिका, नगरपालिकालाई दिएको थियो ।

एक वर्ष बीचमा सुनकोसी र इन्द्रावती नदी हालसम्मकै सर्वाधिक दोहनको सिकार बनेका छन्। अधिक ढुंगा, बालुवा निकाल्दा नदीमा बिशाल आकारका अनगिन्ती खाल्डा छन्। अबिरल बगिरहने इन्द्रावती नदीको त प्राकृतिक स्वरुप नै बिग्रिएको छ । त्यहाँ नदीलाई ठाउँ–ठाउँमा थुनेर धारै परिवर्तन गराइएको छ । ठुल्ठूला खाल्डा यहीँ छन् ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ सुनकोसी र इन्द्रावती नदी चरम दोहनको चपेटामा परेको स्वीकार्छन्। ‘नदीजन्य पदार्थको दोहन भनिसाध्य छैन,’ उनले भने, ‘इन्द्रावती नदी त कुरुपै बनाइएको छ।’ उनले अनियन्त्रित दोहन रोक्न अनुगमन र कार्वाही थालिएको दाबी गरे। नदीको स्वरुप बिगार्दै वातावरणमै असर पर्ने गरी अप्राकृतिक र अवैध उत्खनन् भइरहेको पाइएपछि स्थानीय तहलाई दिएको अधिकारी फिर्ता लिइएको उनले जानकारी दिए ।

भूकम्पपछिको पुनर्निर्माणलाई सघाउन ढुंगा, गिटी र बालुवा अभाव नहोस् भन्ने उद्देश्यले प्रशासनले सर्वदलीय सहमतिमा स्थानीय स्रोत सञ्चालन कार्यविधि तयार पारी नदीजन्य पदार्थको उत्खनन गर्ने अधिकार जनप्रतिनिधिलाई दिएको थियो । भूकम्प पीडितले स्थानीय तहका प्रमुख तथा अध्यक्ष र वडाध्यक्षको सिफारिसमा ढुंगा, गिटी, बालुवा झिक्न पाउने व्यवस्था कार्यविधिले गरेको थियो । यही फितलो व्यवस्थाको आडमा नदी दोहन चरम पारिएको पाइएको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo