धनगढी

नेपाल–भारतको संयुक्त सीमा सर्भे सम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाका देखि कञ्चनपुरको ब्रह्मदेव सम्मका १०१ सीमास्तम्भको मर्मत गरेको छ । "/>

एक सय वटा सीमास्तम्भ मर्मतः ३१ वटा नयाँ थप

एक सय वटा सीमास्तम्भ मर्मतः ३१ वटा नयाँ थप

केन्द्रबिन्दु
0
Shares

धनगढी

नेपाल–भारतको संयुक्त सीमा सर्भे सम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाका देखि कञ्चनपुरको ब्रह्मदेव सम्मका १०१ सीमास्तम्भको मर्मत गरेको छ । संयुक्तसीमा सर्भे टोलीमा नेपालका तर्फबाट नेतृत्व गरेका नापी विभागका प्रमुख नापी अधिकृत सुदर्शनसिं धामीले सो क्षेत्रका थप ३१ सीमास्तम्भ निर्माण गरिएको जानकारी दिए । सीमा क्षेत्रमा पर्ने ६५९ सीमास्तम्भको रेकी कार्य (पूर्वेक्षण) गरी निर्माण र मर्मत गरिएको चार नं सीमा सर्भे टोलीका प्रमुख समेत रहेका धामीले बताए ।

कैलालीको शुरुआतको विन्दु खक्रौलास्थित ७०० नं. को सीमास्तम्भ देखि कञ्चनपुरको ब्रह्मदेव नजिकको सीमाको ८११ नं. सम्मका सीमास्तम्भको अवस्था भत्के, बिग्रेका फेला पारेको पाइएमा तिनको निर्माण गर्ने अधिकार सर्भे टोलीलाई दिइएको थियो । कैलाली जिल्लाको भजनी नजीकको मारियाघाट र धनगढी उपमहानगरपालिकाको फूलबारी सीमा क्षेत्रका बासिन्दाले आफ्नो भोगचलनको जग्गामा सीमास्तम्भ निर्माण गर्न नदिने जनाउँदै विवाद गरेपछि ती दुवै ठाउँमा निर्माण हुनुपर्ने सात सीमास्तम्भको निर्माण हुन नसकेको जनाइएको छ । विवादित क्षेत्रका सीमास्तम्भको बारेमा भने टोलीले आ–आफ्नो देशको माथिल्लो निकायमा जानकारी गराएको बताइएको छ ।

नेपालका तर्फबाट नापी विभागका प्रमुख नापी अधिकृत धामी र भारतका तर्फबाट देहरादून नापी कार्यालयका प्रमुख आरसि भट्टको नेतृत्वको टोलीले गत मंसिर देखि भारतसँग सीमा जोडिएको कैलालीको पूर्वी खक्रैला सीमा नाका देखि कञ्चनपुरको पुरानो सीमा बजार ब्रह्मदेव नाकासम्मका सीमास्तम्भको रेकी गरी निर्माण र मर्मत गरेको हो ।

यसैबीच यहाँ भएको दुवै देशका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी र सीमा सर्भे टोलीका प्रमुखको संयुक्त बैठकमा सीमा सर्भे सम्बन्धी कार्य प्रगतिको समीक्षा गरिएको छ । बैठकमा सीमा क्षेत्रमा देखिने विवाद समाधान आपसी समझदारीबाट खोज्न तथा सीमा सर्वेक्षणलाई आगामी दिनमा प्रभावकारी बनाएर लैजान दुवै देशका अधिकारी सहमत भएको बैठकपछि कैलालीका प्रजिअ ऋषिराम तिवारीले जानकारी दिए । रासस

Skip This
Skip This
Logo