काठमाडौँ
राजधानीका तीनै जिल्लाबाट संकलित १५५ नमुनामा जीवाणु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार देशभर पानी प्रशोधन गर्ने पाँच सय उद्योग छन् । जार तथा बोतलको पानी सुरक्षित भनेर घरमा मात्र होइन, होटेलमा पनि प्रयोग गरिन्छ । तर काठमाडौंमा संकलित नमुना मध्ये १५ प्रतिशत पानीमा जीवाणु भेटिए । चार महिनामा चार कम्पनीविरुद्ध सरकारले नै मुद्दा हालेको छ । राजधानीवासीले उपभोग गर्ने खानेपानीका सबै स्रोत दूषित भेटिएका छन् । धारा र इनारको मात्र होइन, ट्यांकर, जार र बोतलको पानीमा पनि दिसामा पाइने जीवाणु भेटिएका छन् ।
सर्वसाधारणले पिउने जारको पानी सबैभन्दा बढी प्रदूषित रहेको एक अध्ययनले देखाएको छ । खाजाघर, पानीपुरी पसलमा पिउनका लागि ग्राहकलाई दिइने जारको पानीमा दिसामा हुने हानिकारक जीवाणु इकोली र कोलिफर्म भेटिएकोे हो । वातावरण तथा जनस्वास्थ्य संगठन (इन्भारोमेन्ट एन्ड पब्लिक हेल्थ अर्गनाइजेसन) ले चालू आर्थिकवर्षमा गरेको अध्ययनले पानीमा हानिकारक जीवाणु फेला पारेको हो ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया