मोरङ

साँढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका ३० जना मध्ये २९ जनाले बयान फेरेका छन् । "/>

साँढे ३३ किलो सुन तस्करी : विश्वास गरेकाले नै फेरे बयान

साँढे ३३ किलो सुन तस्करी : विश्वास गरेकाले नै फेरे बयान

केन्द्रबिन्दु
0
Shares

मोरङ

साँढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका ३० जना मध्ये २९ जनाले बयान फेरेका छन् । शाक्यको हत्या र सुन तस्करीको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिमा दिएको भन्दा फरक बयान उनीहरूले जिल्ला अदालत मोरङमा दिएका हुन् । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा पाँच दिन लगाएर बयान सकिएको हो । कृष्ण भनिने नरेन्द्र कार्की बाहेक सबैले बयान फेरेका हुन् ।

यो प्रकरणमा अधिकांशले जिल्ला अदालतमा बयान फेर्ने छानबिन समितिको अनुमान थियो । पक्राउ परेका बहालवाला प्रहरी जवान विष्णुबहादुर खड्का र भरिया कृष्ण भन्ने नरेन्द्र कार्की र थाई एयरवेजका टेक्निसियन हेल्पर संवीरप्रसाद तोलाङ्गेले भने बयान नफेर्नेमा सरकारी वलिक तथा प्रहरी ढुक्क प्रायः थियो । सोही विश्वासमा अभियोग दर्ताका क्रममा नै उनीहरूको हकमा अदालतसमक्ष साबिक बयान दिए, सजायँमा ५० प्रतिशत छुटको माग समेत गरिएको थियो ।

तर कार्की बाहेक अन्य दुईले पनि बयान फेरेका छन् । प्रहरीले खड्का, कार्की र तोलाङ्गेलाई कसुर स्वीकार गरेको, अपराधको सम्बन्धमा प्रमाण जुटाउन र अन्य अभियुक्तलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गरेकाले संगठित अपराध निवारण ऐन, २०७० को दफा २१ को उपदफा (१) बमोजिम अभियोग मागदाबीमा ५० प्रतिशत सजायँ छुट माग गरेको थियो । कार्कीले पनि सनम शाक्य हत्या प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । अदालतमा उनले मोहन काफ्ले, सनम शाक्यसहित आफू पनि पीडित भएको बताएका छन् ।

बयानका क्रममा उनले १२ फागुन देखि नै आफू चूणामणि उप्रेती ‘गोरे’को अपहरणमा परेको बताएका छन् । उनले अदालत समक्ष प्रहरीलाई दिएकै जस्तो बयान दिएका हुन् । उनले पनि आफू सुन तस्करीमा रहेको स्वीकार गर्न मानेका छैनन् । गोरेको ड्राइभरका रूपमा काम गरेको बताउँदै उनले आफू सुन तस्करी प्रकरणमा भने संलग्न नभएको बयानमा जिकिर गरेका छन् ।
राजधानीबाट

Logo