एनसिसीएसद्वारा ‘वार्षिक सांस्कृतिक कार्यक्रम २०८२’ भव्य रूपमा आयोजना

एनसिसीएसद्वारा ‘वार्षिक सांस्कृतिक कार्यक्रम २०८२’ भव्य रूपमा आयोजना

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । नेशनल क्रिएटिभ को–एजुकेशनल स्कूल (एनसिसीएस)ले आयोजना गरेको ‘वार्षिक सांस्कृतिक कार्यक्रम २०८२’ भव्य रूपमा सम्पन्न भएको छ ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा वरिष्ठ व्यवस्थापन सल्लाहकार प्रा. डा. शशिधरराम जोशीको उपस्थिती रहेको थियो । उनीसँगै विद्यालयका प्राचार्य शंकरराज जोशी, सह–प्राचार्य विनीता पाण्डे, विद्यालयका निर्देशकहरू तथा विद्यार्थी, अभिभावकहरूको विशेष उपस्थिति बीच पानसमा बत्ती प्रज्वलन गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो।

उद्घाटनपछि प्राचार्य जोशीले विद्यालयको वार्षिक प्रगतिबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरे । उनले विद्यालयले पछिल्लो वर्ष शैक्षिक गुणस्तर वृद्धि, पूर्वाधार सुदृढीकरण, सिकाइमा प्रविधिको प्रभावकारी उपयोग तथा सह–पाठ्यक्रमगत क्षेत्रहरूमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिए।

कार्यक्रमको मध्यभागतिर विद्यालयले एसईई २०८१ मा ४ जीपीए हासिल गर्न सफल छात्रा दिभा महर्जनलाई सम्मान प्रदान गरिएको थियो । सम्मान ग्रहण गर्दै उनले केवल प्रतिभाले मात्र सफलता हासिल नहुने, त्यसका लागि निरन्तर कडा मेहनत र समर्पण आवश्यक हुने बताइन् ।

त्यसैगरी प्रमुख अतिथि प्रा.डा. जोशीले आफ्नो मन्तव्यमा विद्यालयले शिक्षण–अधिगम प्रक्रियामा देखाएको सकारात्मक प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै विद्यार्थीहरूलाई बाहिरि तथा सह–पाठ्यक्रमगत गतिविधिमा समान रूपमा सहभागी गराउनुपर्ने सुझाव दिए । उनले शैक्षिक उत्कृष्टतासँगै सिर्जनात्मक क्षमता, नेतृत्व विकास, अनुशासन र आत्मविश्वास वृद्धि जस्ता पक्षहरूमा पनि विद्यालयले निरन्तर ध्यान दिनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा सह–प्राचार्य विनीता पाण्डेले सह–पाठ्यक्रमगत गतिविधिहरूले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताइन् । उनका अनुसार विद्यार्थीले कक्षाभित्र प्राप्त गरेको ज्ञानलाई व्यवहारमा उतार्न यस्ता गतिविधिले ठूलो भूमिका खेलेको छ।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गायन, अभिनय, वक्तृत्वकला, खेलकुद प्रदर्शनलगायत विविध प्रस्तुति राखेर दर्शकहरूको मन जिते । अभिभावकहरूले यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा पहिचान र विकासमा ठोस योगदान पु¥याउने बताएका छन् ।

सांस्कृतिक कार्यक्रमले विद्यालय समुदायलाई एकत्रित गर्दै विद्यार्थीको सिर्जनात्मकता, आत्मविश्वास र कला–संस्कृतिप्रतिको सम्मान झनै सुदृढ गरेको विद्यालयले जनाएको छ। कार्यक्रम विभिन्न आकर्षक प्रस्तुति र सम्मान समारोहसँगै सफलतापूर्वक सम्पन्न भएको विद्यालय प्रशासनले जानकारी गराएको छ ।

Skip This
Skip This
Logo