एमाले मकवानपुर अध्यक्ष श्रीधर पोखरेल महाधिवेशन प्रतिनिधि पदमै पराजित

एमाले मकवानपुर अध्यक्ष श्रीधर पोखरेल महाधिवेशन प्रतिनिधि पदमै पराजित

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल महाधिवेशन प्रतिनिधि पदमा पराजित भएका छन् ।

एमाले ११ औँ केन्द्रीय महाधिवेशनको लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिस्पर्धा गरेका पोखरेल निर्वाचनमा पराजित भएका हुन् । श्रीमतीको उपचारका लागि हाल वीर अस्पतालमा रहेका अध्यक्ष पोखरेलले अस्पतालबाटै वारेस मार्फत उम्मेदवारी दर्ता गराएका थिए। उनको पक्षमा ३३४ मत मात्रै खसेको हो ।

उनले खुलेरै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा समर्थन गर्ने जनाएका थिए।

सो निर्वाचनमा नवीन सिग्देल, फुर्वा दोर्जे लामा, सुनिल मोक्तान, अणराज जर्गामगर, आरती पाठक, सीता विष्ट, विनाकुमारी थिङ र बोलबहादुर कार्की निर्वाचित भएका छन् । सिग्देल, लामा र मोक्तान क्रमशः हेटौँडा ४, १० र १५ का वडा अध्यक्ष हुन् ।

Skip This
Skip This
Logo