काठमाडौंविरुद्ध कर्णालीको कमजोर सुरुवात

काठमाडौंविरुद्ध कर्णालीको कमजोर सुरुवात

केन्द्रबिन्दु
9
Shares

कीर्तिपुर । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको कर्णाली याक्सको सुरुवात कमजोर देखिएको छ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले पावरप्लेको समाप्तिमा ३८ रन जाेडेर महत्त्वपूर्ण दुई विकेट गुमाइसकेको छ। कर्णाली याक्सका लागि ओपनर प्रियङ्क पञ्चाल र विलियम बोसिस्टो सस्तैमा पेभिलियन फर्किएका छन्। पञ्चाल शून्य र बोसिस्टो एक रनमा समेटिएका हुन् ।

हाल क्रिजमा ब्याटिङ गरिरहेका मार्क वाटले २० रन बनाएका छन् जसमा १ चौका र १ छक्का समावेश छ। अर्का ब्याट्सम्यान पवन सर्राफ १० रन बनाएर उनको साथ दिइरहेका छन्।

काठमाडौं गोर्खाजका कप्तान करण केसीले बलियो सुरुवात गर्दै कर्णालीका लागि पहिलो झट्का दिएका थिए।

Skip This
Skip This
Logo