मेटलाइफ नेपालद्वारा क्यानसँगको साझेदारी नवीकरण

मेटलाइफ नेपालद्वारा क्यानसँगको साझेदारी नवीकरण

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपालको राष्ट्रिय पुरुष तथा महिला क्रिकेट टोलीका खेलाडीहरूलाई एक वर्षदेखि बीमा सुरक्षा प्रदान गर्दै आएको मेटलाइफ नेपालले पुनः नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नाे साझेदारी नवीकरण गरेको छ।

गत वर्ष विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतिस्पर्धामा निडर प्रदर्शन गरेका खेलाडीहरूको पछाडि सुरक्षा कवचको रूपमा रहेको मेटलाइफले आगामी वर्षमा पनि त्यही प्रतिबद्धता निरन्तरताका साथ अघि बढाउने घोषणा गरेको हो।

नवीकरण गरिएको सहकार्यअन्तर्गत राष्ट्रीय टोलीका सबै खेलाडी तथा क्यानका सदस्यहरूलाई आर्थिक सुरक्षा, बीमा सुविधा र आवश्यक सहयोग उपलब्ध हुनेछ। यसले खेलाडीहरूलाई पूर्ण रूपमा खेल र प्रदर्शनमा केन्द्रित हुन मद्दत गर्ने क्यानको विश्वास छ। विशेषगरी नेपाली क्रिकेट टोलीले आगामी आईसीसी टी–२० विश्वकप मा स्थान बनाएको पृष्ठभूमिमा यो निरन्तरता थप महत्त्वपूर्ण मानिएको छ।

क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्काले मेटलाइफको साथले खेलाडीसहित संस्थालाई अभूतपूर्व आत्मविश्वास मिलेको बताए । “हाम्रा खेलाडी बीमा सुरक्षा भित्र रहेको थाहा पाउँदा उनीहरूको मनोबल अझ बलियो हुन्छ। यो भरोसाले खेलमै ध्यान केन्द्रित गर्न सहज बनाउँछ,” खड्काले भने।

मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले राष्ट्रिय टोलीलाई ‘राष्ट्रको गौरव, दृढता र प्रेरणा’को स्रोतका रूपमा व्याख्या गर्दै उनीहरूको सुरक्षामा निरन्तर साझेदार रहन पाउँदा गर्व लागेको बताए । “हाम्रा खेलाडीहरू जति निडर भएर खेल्छन्, राष्ट्रको आत्मविश्वास त्यति नै बलियो हुन्छ। त्यसैले हामी उनीहरूको सुरक्षा कवचको जिम्मेवारी निरन्तर वहन गर्दैछौँ,” श्रेष्ठले भने ।

Skip This
Skip This
Logo