निरज लम्साल बने प्रभु बैंकको कामू सीईओ

निरज लम्साल बने प्रभु बैंकको कामू सीईओ

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रभु बैंकको कामू प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त भएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोख्रेल पक्राउ गरेपछि आइतबार राति ९ बजे बसेको बैंकको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई कामू सीईओको जिम्बेवारी दिने निर्णय गरेको हो ।

सीईओ पक्राउ परेपनि बैंकको सेवा प्रवाहमा भने कुनै असर नहुने बैंकले जनाएको छ ।

Logo