काठमाडौं

नेकपा (माओवादी केन्द्र) ले एमालेसँग एकता गर्ने घोषणा गरेपछि असन्तुष्ट हुँदै पार्टीबाट बाहिरिएका विश्वभक्त दुलाल ‘आहुति’ ले शनिबार नयाँ पार्टीको घोषणा गरेका छन् । "/>

आहुतिको नेतृत्वमा नयाँ कम्युनिस्ट पार्टीको घोषणा

आहुतिको नेतृत्वमा नयाँ कम्युनिस्ट पार्टीको घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेकपा (माओवादी केन्द्र) ले एमालेसँग एकता गर्ने घोषणा गरेपछि असन्तुष्ट हुँदै पार्टीबाट बाहिरिएका विश्वभक्त दुलाल ‘आहुति’ ले शनिबार नयाँ पार्टीको घोषणा गरेका छन् ।कार्ल मार्क्सको दुई सयौँ शतवार्षिकीको विशेष सन्दर्भमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल गठनको पहल सुरु भएको घोषणा विज्ञप्ति मार्फत गरिएको छ ।  ‘विश्व सर्वहारा श्रमिक वर्ग तथा सिंगो मानवताको मुक्तिको विचारधारा माक्र्सवादका प्रवर्तक काल माक्र्सको द्विशतवार्षिकीको विशेष सन्दर्भमा नेपालबाट नयाँ युगको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल निर्माणको संगठित पहल सुरु भएको घोषणा गर्न पाउँदा हामीलाई अन्यन्तै खुशी र गौरव महसुस भएको छ’, घोषणा वक्तव्यमा भनिएको छ ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल नामको नयाँ पार्टी निर्माणका लागि आहुतिको संयोजकत्वमा  ‘वैचारिक, राजनीतिक तथा सांगठनिक अभियान समिति २०७५’ गठन भएको छ । उक्त अभियानमा ५१ सदस्य छन् । वैशाख २१ गते राजधानीमा भएको विशेष भेलाले वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको विचारधारात्मक र राजनीतिक कार्यदिशा पारित गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

Logo