नाडाले बाेलायाे वार्षिक साधारण सभा, महासंघमा लैजाने प्रस्ताव

नाडाले बाेलायाे वार्षिक साधारण सभा, महासंघमा लैजाने प्रस्ताव

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ४९औँ वार्षिक साधारण सभा आगामी पौष ९ गते ललितपुरस्थित दि प्लाजामा गर्ने भएको छ।

नाडाका अध्यक्ष करण चौधरीको अध्यक्षतामा भदौ १९ गते बसेको २२औँ तथा मंसिर १५ गते बसेको २४औँ केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयका आधारमा साधारण सभा बोलाइएको हाे ।

विज्ञप्तिमा भनिएको छ, “नाडालाई महासंघमा लैजाने प्रस्तावसहित आगामी पौष ९ गते बुधबार ४९औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरिएको छ।”

नाडाले साधारण सभाका तयारीहरू अन्तिम चरणमा पुगेको जनाएको छ।

Logo