जनकपुरविरुद्ध चितवनको उत्कृष्ट ब्याटिङ, मलान र साउदले हाने अर्धशतक

जनकपुरविरुद्ध चितवनको उत्कृष्ट ब्याटिङ, मलान र साउदले हाने अर्धशतक

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको पहिलाे खेलमा जनकपुर बोल्ट्स विरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको चितवन राइनोजले बिना कुनै विकेटको क्षतिमा १०० रन कटाएको छ।

डेविड मलान र अर्जुन साउदको जोडीले मैदानमा राम्रो तालमेल मिलाउँदै चितवनलाई बलियो अवस्थामा पुर्‍याएका छन्। १३ ओभरको समाप्तिमा चितवनको रनरेट ८.२५ रहेको छ, जसले गर्दा टोलीले ठूलो स्कोरतर्फ अग्रसर भएको संकेत गर्छ।

चितवनका दुवै ओपनरले आक्रामक ब्याटिङ गर्दै अर्धशतकीय साझेदारी पूरा गरिसकेका छन् र दुवै क्रिजमा जमेका छन् । डेविड मलानले ४० बलमा २ चौका र ४ छक्काको मद्दतले ५३ रन बनाएर क्रिजमा छन्।

अर्जुन साउदले पनि ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाएका छन् ।

जनकपुर बोल्ट्सका बलरहरूले हालसम्म पनि कुनै विकेट लिन सकेका छैनन्। माज सदकतबाहेक अन्य बलरहरू महँगा साबित भएका छन्। जनकपुर बोल्ट्सलाई खेलमा फर्कनका लागि अब तुरुन्तै विकेट लिएर चितवनको रनरेटमा अंकुश लगाउनु पर्ने चुनौती छ ।

Logo