काठमाडौं । जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई चुनाैतीपूर्ण लक्ष्य प्रस्तुत गरेकाे छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएकाे हाे ।
चितवनको ब्याटिङमा दुई खेलाडीले अर्धशतक प्रहार गर्दै इनिङ्सलाई बलियो बनाए।
डेभिड मलानले शानदार ब्याटिङ गर्दै मात्र ५४ बलमा ८० रन बनाए। उनले ४ चौका र ५ छक्का प्रहार गरे। यसैगरी ओपनर अर्जुन साउदले पनि उत्कृष्ट प्रदर्शन गर्दै ३९ बलमा ५२ रन बनाए। साउदको पारीमा ४ चौका र ३ छक्का सामेल थिए।
कुशल मल्ल ३० रनमा अविजित रहे।
जनकपुरका बलरमध्ये माअज सदाकत, अनिल शाह र जान निकोल लोफ्टी-ईटनले समान १ विकेट लिए।





























प्रतिक्रिया