ज्योतिष विद्यालाई हिन्दु धर्मले विशिष्ठ स्थान दिएको छ । जब हिन्दु धर्मका कुनै शुभ काम सुरु गरिन्छ, तब राशी, कुन्डली र नक्षत्र हेरिन्छ । "/>

जान्नुहोस्, यी राशीका मानिस ज्यादै जिद्दी हुन्छन्

जान्नुहोस्, यी राशीका मानिस ज्यादै जिद्दी हुन्छन्

केन्द्रबिन्दु
21
Shares

ज्योतिष विद्यालाई हिन्दु धर्मले विशिष्ठ स्थान दिएको छ । जब हिन्दु धर्मका कुनै शुभ काम सुरु गरिन्छ, तब राशी, कुन्डली र नक्षत्र हेरिन्छ । भनिन्छ, यो गृह नक्षत्रले तपाईको राशी अनुसारको प्रवृत्ति देखाउन सक्छ । ज्योतिष शास्त्रमा १२ राशिको सम्बन्ध कुनै न कुनै गृहसँग आवश्यै जोडिएको हुन्छ ।

आज हामी तपाइलाई केही यस्ता राशीको बारेमा बताउन गइरहेका छौ, जसको स्वभाव अत्यान्तै जिद्दी हुन्छ ।

मेष राशी

यो राशी भएका व्यक्ति एकदमै जिद्दी स्वभावका हुन्छन् । खासगरी उनीहरु अर्को व्यक्तिको हस्तक्षेप सहदैनन् । जब कुनै व्यक्तिले उनीहरुको जीवनमा दख्खल दिन्छ, उनीहरु एकदमै आक्रोसित हुनपुग्छन् । उनीहरु अक्सर त्यही काम गर्छन्, जुन उनीहरुको दिल र दिमागले गर्न भन्छ । उनीहरु हरेक कुरा सोच बिचार गरेर मात्र निर्णय लिन्छन् ।

कर्कट राशी

यो राशी भएको व्यक्ति यति जिद्दी हुन्छ कि, उनीहरु आफ्नो कुरा गलत नै भएपनि त्यसलाई स्विकार्न तयार हुँदैनन् । उनीहरु के ठान्छन् भने आफुले सोचेको सबै कुरा ठिक हो । यदि कसैले जिद्दी गरेमा उनीहरु झगडा गर्न पनि पछि पर्दैनन् । कतिपय अवस्थामा यी राशी भएका व्यक्तिलाई एडजस्ट गर्न गाह्रो हुन्छ ।

तुला राशी

यो व्यक्तिको जिद्दीपन अनौठो हुन्छ । उनीहरु अरुको कुरा त सुन्छन् तर त्यसलाई स्विकार्न तयार हुँदैनन् । जस्तो कि उनीहरुलाई कसैले राम्रो वा नराम्रो सल्लाह दिन सक्छन् । उनीहरु यस्ता सल्लाह सुन्छन् पनि । तर कन्भिन्स भने हुँदैनन् । आफुलाई जे ठिक लाग्छ त्यही गर्छन् ।

Skip This
Skip This
Logo