उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।

पोखरा विमानस्थल र भक्तपुरको नलिन्चोकस्थित हेलिप्याड निर्माणमा अनियमितता गरेको आरोपमा उनलाई बुधबार पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीलगायत सम्बन्धित व्यक्तिमाथि अनुसन्धान पूरा गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।

नलिन्चोकमा प्राधिकरणको स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा वातावरणीय प्रभाव मूल्यांकन बिना हेलिप्याड निर्माण गरिएको तथा प्रक्रियागत अनियमितता भएको भन्ने उजुरीपछि अख्तियारले छानबिन अघि बढाएको थियो।

Logo