मुख्यमन्त्री यादवले दिए राजीनामा

मुख्यमन्त्री यादवले दिए राजीनामा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन्।

विश्वासको मत पाउने अवस्था नदेखेपछि यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । २४ घन्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले दिएको परमादेशपछि मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने बताएका थिए। तर, विश्वासको मत पाउने अवस्था नबनेपछि उनले राजीनामा दिएका हुन्।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को ३ अनुसार छापामार शैलीमा मुख्यमन्त्री नियुक्त गरेपछि ७ दलका सांसदहरू सर्वोच्च गएका थिए। सोही अनुसार अदालतले २४ घन्टाभित्र विश्वासको मत लिन परमादेश दिएको थियो।

Skip This
Skip This
Logo