काठमाडौं । नयाँ देशभक्तिपूर्ण गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ सार्वजनिक भएको छ ।
बुधबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै देशभक्तिपूर्ण गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ को आधिकारिक विमोचन भएको हो । गीतको शब्द चयनकर्ता र प्रस्तुति नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य र शिक्षा विभाग प्रमुख, नैनसिंह महरको रहेको छ ।
यो गीतले राष्ट्रिय एकताको सन्देश मात्र बोकेको छैन, बरु युवा पुस्तालाई देश निर्माणको प्रेरणादायी यात्रामा उर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ । विमोचन कार्यक्रममा राजनीतिज्ञ, कलाकार, खेलाडी र सामाजिक अभियन्ताहरूको उपस्थिति थियो । कार्यक्रममा गीतको लिरिकल भिडियो प्रदर्शनसँगै कलाकारहरूले आफ्नो भावना व्यक्त गरेका थिए ।
नेता महरले कार्यक्रममा बोल्दै यो गीत आफ्नो मात्र नभई हरेक नेपालीको सपनाको प्रतिबिम्ब भएको बताएका थिए ।
त्यसैगरी कांग्रेसका अर्का नेता रामहरी खतिवडाले नैनसिंह महरको राजनीतिक योगदानको कदर गर्दै नेपाली साहित्य क्षेत्रमा पनि महरको योगदान अपूणिय र अतुलनीय रहेको बताए ।
यो गीतका लागि राष्ट्रिय गीतका रचयिता व्याकुल माइलाले सङ्गीत संयोजन गरेका छन् । माइलाको लयले गीतलाई परम्परागत नेपाली धुनसँग आधुनिक बीटको मिश्रण प्रदान गरेका छन् । त्यसैगरी गायक प्रमोद खरेलको स्वरले गीतलाई जीवन्त बनाएको छ । कार्यक्रममै खरेलले लाइभ प्रस्तुति दिएका थिए ।





























प्रतिक्रिया