काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत २२औँ खेलमा विराटनगर किंग्स पराजित भएको छ । यो उसको छैटौं खेलमा दोस्रो हार हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर लुम्बिनी लायन्ससँग ५ विकेटले स्तब्ध भएको हो । योसँगै विराटनगर एक खेल अगावै प्लेअफ पुग्ने सम्भावना गुमाएको छ । यता लुम्बिनीको भने प्लेअफ पुग्ने सम्भावना बढेको छ ।
लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पार गरेको हाे । लुम्बिनीका लागि ओपनर डार्सी सर्टले उत्कृष्ट प्रदर्शन गरे। उनले ४४ बलमा ६ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ५७ रन बनाए।
सर्टबाहेक निरोशन डिकवेलाले २२ बलमा २९ रनको अविजित योगदान दिए।
मध्यक्रममा सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै १५ बलमा १ छक्का र ३ चौकासहित २४ रन जोडे।
कप्तान रोहित पौडेल भने आज चल्न सकेनन् र शून्य रनमै आउट भए।
लुम्बिनी लायन्सको इनिङ्सलाई नियन्त्रणमा राख्न प्रतिपक्ष टोलीका बलरहरू सफल रहे।
विराटनगरका कप्तान सन्दीप लामिछानेले आफ्नो ४ ओभरको स्पेलमा मात्र २० रन खर्चेर २ महत्वपूर्ण विकेट लिए । उनको यो प्रदर्शन निकै कसिलो रह्यो। त्यस्तै, सुभाष भण्डारीले पनि ३० रन खर्चिएर २ विकेट लिए।
त्यसअघि लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियाे । विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए । उनले ४२ बलमा २ चौका र २ छक्का प्रहार गरे । त्यसैगरी, बसिर अहमदले आक्रामक ब्याटिङ गर्दै मात्र १९ बलमा १ चौका र १ छक्कासहित २८ रन जोडे। शीर्ष क्रमका ब्याट्सम्यान साम हेजलेटले पनि २० बलमा २७ रनको योगदान दिए।
टिममा समावेश भएका दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिसले भने १२ रन मात्रै बनाउन सके। जम्मा २ रन मात्र बनाउँदा २ विकेट गुमाएको विराटनगरको इनिङ्सलाई लोकेश बमले केही सम्हालेका थिए।
लुम्बिनी लायन्सका बलरहरूले विराटनगरका ब्याट्सम्यानलाई ठूलो साझेदारी गर्न दिएनन्। लुम्बिनीका लागि शेर मल्लले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए। यसैगरी, जेजे स्मिथ र रुबेन ट्रम्पेलम्यानले १/१ विकेट लिए।































प्रतिक्रिया