काठमाडौँ
सरकारले आगामी पाँच वर्षमा पुलका लागि २० अर्ब ७७ करोड रुपैयाँ खर्च गर्ने भएको छ । रणनीतिक सडकमा गरिने यस्तो खर्चले नयाँ पुल निर्माण र पुरानाको मर्मत गरिनेछ । सडक विभागले बिहीबार देखि विश्व बैंकसँग लगानीका विषयमा छलफल थालेको छ । शनिबार (आज) सम्म यस्तो सहयोगको विषयमा अन्तिम टुंगो लाग्नेछ । विश्व बैंकले दिने सहयोग रणनीतिक सडकका पुलमा मात्र खर्च हुनेछ ।
विभागका अनुुसार जति काम गरेको छ सोही आधारमा हुुने भुुक्तानी सिस्टम भएकाले तोकिएको सीमा भन्दा केही रकम तलमाथि भएको अवस्थामा पनि यो प्रणाली मार्फत भुुक्तानी हुुनेछ । पुल निर्माण र मर्मतका लागि विश्व बैंकले १३ करोड २० लाख अमेरिकी डलर (करिब १४ अर्ब रुपैयाँ) ऋण सहयोग गर्नेछ । बाँकी रकम नेपाल सरकारले बेहोर्ने गरी कार्यक्रम अगाडि बढाउन थालिएको सडक विभागका सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्यले जानकारी दिए ।
‘सडक विभाग अन्तर्गतको पुुल महाशाखाले कार्यान्वयन गर्ने यो योजनामा विश्व बैंकले १३ करोड २० लाख अमेरिकी डलर ऋण लगानी गर्न सहमत भएको छ’, इन्जिनियर नरेशमान शाक्यले भने, ‘विश्व बैंकले नेपालको पुुलमा गर्ने यस्तो लगानी काम भएपछि हुने भुक्तानीका आधारमा अगाडि बढाउन खोजेका छौं ।’ बैंकको रोड सेक्टर डिपार्टमेन्ट प्रोजेक्ट अन्तर्गत आवश्यक रकम भुुक्तानी गर्ने सहमति भएको छ ।
विश्व बैंकले पुुल सुुधार तथा मर्मत योजना अन्तर्गत गर्ने यस्तो लगानी यसअघि सन् २०१२ मा ६ करोड डलर थियो । यो योजना पाँच वर्षको थियो । योजना निर्धारित समयमा नै सकिएकाले थप लगानी गर्न बैंकले आवश्यक प्रक्रिया अगाडि बढाएको इन्जिनियर शाक्यले बताए । सन् २०१२ मा विश्व बैंकले गरेको यस्तो लगानीबाट ६ हजार मिटर पुुल, १० हजार मिटर पुुलको मर्मत सहितको काम सम्पन्न भएको थियो ।
अन्नपूर्णबाट





























प्रतिक्रिया