काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा श्रमजीवी वर्गका लागि अनकूल सरकार बनेकोले हड्ताल गर्नै नपर्ने बताएका छन् । "/>

अब श्रमिकले हड्ताल गर्ने दिन गए : प्रधानमन्त्री

अब श्रमिकले हड्ताल गर्ने दिन गए : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा श्रमजीवी वर्गका लागि अनकूल सरकार बनेकोले हड्ताल गर्नै नपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्रीसँग भेट्न आएको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले श्रमिकहरुले अब माग पूरा नभए यस्तो गर्छौं वा अन्यथा यस्तो हुनेछ भन्ने दिन नरहेको दावी गरे ।

भेटघाटको सुरुवातमा दुई दिन अघि मात्र जिम्मेवारी सम्हालेका अध्यक्ष श्रेष्ठले श्रमिकको मासिक र दैनिक ज्यालामा अभिवृद्वि गर्न प्रधानमन्त्रीको ध्यानाआकर्षण गराएका थिए । उनले सामाजिक सुरक्षामा बढी भन्दा बढी श्रमिकको पहुँच कायम गर्न आवश्यक रहेको बताउँदै श्रम ऐनको पूर्ण कार्यान्वयनका लागि श्रम अडिटको प्रभावकारी सुरुवात हुनु पर्नेमा जोड दिए ।

जिफन्ट अध्यक्ष श्रेष्ठको प्रस्तुतिपछि प्रधानमन्त्रीले भने, ‘हामी राष्ट्र निर्माणको महाअभियानमा छौं । कसो गर्दा सामाजिक सुरक्षा कायम हुन्छ, कसो गर्दा सामाजिक सुसम्बन्ध बलियो हुन्छ, कसरी उत्पादनमा वृद्वि हुन्छ’ भन्ने कुरामा ध्यान दिन आवश्यक छ ।’ उनले भने ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo