काठमाडौँ

सर्वोच्च अदालतले पोखराको पार्क भिलेज वाटर फ्रण्ट रिसोर्ट प्रालिको भवनहरु फेवालात किनार भित्र पर्ने वा नपर्ने जाँचबुझ गरी दुई महिना भित्र प्रतिवेदन पेश गर्न आदेश जारी गरेको छ । "/>

फेवाताल अतिक्रमण भए/नभएको प्रतिवेदन बुझाउन सर्वोच्चको आदेश

फेवाताल अतिक्रमण भए/नभएको प्रतिवेदन बुझाउन सर्वोच्चको आदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सर्वोच्च अदालतले पोखराको पार्क भिलेज वाटर फ्रण्ट रिसोर्ट प्रालिको भवनहरु फेवालात किनार भित्र पर्ने वा नपर्ने जाँचबुझ गरी दुई महिना भित्र प्रतिवेदन पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरु ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको संयुक्त इजलासले विहीबार सो रिसोर्टका व्यवसायी कर्ण शाक्यलाई उक्त रिसोर्टको निर्माण गर्दा फेवाताल किनारबाट ६५ मिटर भित्र पर्छ वा पर्दैन भन्ने विषय जाँचबुझ गरी दुई महिना भित्र प्रतिवेदन पेश गर्न आदेश दिएका हो ।

आदेशमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको नापी विभाग र भूमिसुधार व्यवस्थापन विभागबाट एक–एक प्रतिनिधि, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई एक–एक प्रति जाँचबुझको प्रति बुझाउन भनिएको छ । फेवाताल अतिक्रमण हुने गरी सो रिसोर्ट बनाइएको हुँदा प्रदेश सरकारसँग समन्वय गरी प्रतिवेदन तयार गर्न समेत आदेशमा भनिएको छ ।
रासस

Skip This
Skip This
Logo