काठमाडौं
सभामुख कृष्णबहादुर महराले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा सम्बोधन गर्ने जानकारी नभएको बताएका छन् । सभामुख महराले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफूले प्रधानमन्त्रीलाई सोधेको तर अहिले सम्म त्यस्तो जानकारी नभएको जवाफ पाएको प्रष्ट पारे ।
मोदी वैशाख २८ गते नेपाल आउने कार्यक्रम छ । मोदीले संसदमा सम्बोधन गर्ने कि नगर्ने भन्ने विषयमा मन्त्रीहरूबीच क्याविनेटमा नै विवाद भएको बताइएको छ । महराले सरकारको नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने जनाए । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नेछिन् । ‘अहिले सम्मको तयारी १ गते नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भन्ने हो’ उनले भने– ‘धेरै वटा विधेयक ल्याउनु पर्ने भएकाले सरकारलाई छिटो गर्न भनिरहेको छु ।’
बजेट जेठ १५ गते ल्याउने संवैधानिक व्यवस्था छ । महराले असार अन्तिम सम्मको संसद्को सम्भावित कार्यतालिका प्रस्तुत गरेका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिलाई सिफारिस गरे अनुसार संसद सचिवालयले सोमबार सूचना प्रकाशित गरी २३ गते आइतबार देखि शुरू हुने गरी संघीय संसद्को बैठक बोलाएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया