सरकारको काममा अवरोध नगर्न नागरिक अगुवाहरुको अपिल

सरकारको काममा अवरोध नगर्न नागरिक अगुवाहरुको अपिल

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नागरिक अगुवा समूहले वर्तमान सरकारको काममा अवरोध नगर्न अपिल गरेको छ ।

केदारभक्त माथेमाससहितका २७ जना नागरिक अगुवाहरूले नागरिक समाजको तर्फबाट साझा अपिल जारी गर्दै जेनजी आन्दोलनपछि देश संवेदनशील एवं जटिल मोडमा पुगेको मुलुकलाई स्थिरता र लयमा फर्काउने जिम्मेवारी वर्तमान सरकार, राजनीतिक दल, नवयुवासमेत सबैको भएको स्मरण गराएका हुन् ।

‘राज्य कमजोर बनेको यो संवेदनशील घडीमा निर्वाचनको म्याण्डेट लिएर बनेको सरकारमाथि उसको म्याण्डेट र क्षमताभन्दा बाहिरका माग राख्ने, निहित राजनीतिक, समूहगत वा व्यक्तिगत एजेण्डा अघि सारेर अवरोध गर्ने र अनावश्यक भ्रम छर्ने तथा आशंका फैलाउने गतिविधिहरूले राष्ट्रलाई झनै कमजोर बनाउने निश्चित छ,’ अपिलमा भनिएको छ, ‘हामी सबैले गम्भीरतापूर्वक सोच्नुपर्छ, यदि यो सरकार असफल भयो र निर्धारित मितिमा निर्वाचन हुन सकेन भने त्यसपछि उत्पन्न हुने रिक्तता र अनिश्चितताको अवस्था देशका लागि कति गम्भीर र दुरगामी हुन सक्छ।’

Skip This
Skip This
Logo