‘सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्पो -२०८२’ सुरु

‘सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्पो -२०८२’ सुरु

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । चावहिलमा अवस्थित सेन्ट लरेन्स कलेजमा ‘सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्पो–२०८२’ सुरु भएको छ ।

शुक्रबार एक भब्य कार्यक्रमका बिच ‘सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो २०८२’ अर्थात सेन्ट लरेन्स अन्वेषण शुरु भएको हो । आफ्नै प्राङ्गणमा मंसिर २१ गतेसम्म चल्ने उक्त एक्पोमा प्रमुख अतिथिका रुपमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव डा.रविन्द्र ढकाल, विशेष अतिथिका रुपमा फादर अफ योङ साइन्टिस प्रा.डा. रामेश्वर अधिकारी र विभिन्न विद्यालयका विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियाे ।

‘सेन्ट लरेन्स साइन्स एण्ड आइटी’ एक्स्पोमा विद्यार्थीहरूले स्थानिय श्रोत साधनबाट निर्मित विभिन्न किसिमका प्रोजेक्टहरू प्रदर्शन गरेका छन् । एक्स्पोमा विद्यार्थीहरूले एक–अर्काको प्रोजेक्टहरू नियाल्ने र आइडियाहरू साटासाट अवसर प्राप्त गरेका छन् । साथै एक्स्पोमा उत्कृष्ट हुने विद्यार्थी वा कलेजलाई पुरस्कारसमेत व्यवस्था गरेको छ ।

यसैबीच कार्यक्रमका प्रमुख अतिथिको रुपमा उपस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का सचिव डा.रविन्द्रप्रसाद ढकालले यस संसारमा आफैले आफैलाई बाहेक अरु कसैले मद्दत नगर्ने भएकाले स्वयंलाई ब्राण्ड बनाउन उत्प्रेरित गरे । संसारका दिग्गज व्यक्तित्वहरुको उदाहरण दिँदै उनले ठुलो मान्छे बन्ने सपना देख्न सबै विद्यार्थीहरुलाई प्रोत्साहन गरे।

कलेजका प्रिन्सिपल ताराप्रसाद सुवेदीले याे आइटी एक्पोमा सहभागी गराउनुको मुख्य उद्देश्य विद्यार्थीहरुलाई पढाईका साथसाथै रिसर्चमा पनि सहभागी गराउनु रहेको बताए । त्यस्तै उनले एक्पोमा विद्यार्थीहरुले प्रदर्शन गरेका आइडीयालाई रियल लाइफमै प्रयोगमा ल्याउन मद्दत गर्ने पनि बताए ।

विद्यार्थीमैत्री वातावरणमा पढाई हुने सेन्ट लरेन्समा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको पठनपाठन हुन्छ । यस कलेजले स्थापनाकालदेखि नै निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको छ । गुणस्तरिय शिक्षालाई प्रभमावकारी ढंगले अगाडि बढाउँदै आएको कलेजले जीवनोपयोगी दक्षता पनि प्रदान गरिरहेको छ । यसका साथसाथै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ ।

कलेजमा निरन्तरजसो सेमिनार, वर्कसप हुँदै आएको छ । यस्तै स्थलगत भ्रमण, सामाजिक कार्य, खेलकुद आदिमा विद्यार्थीलाई अर्थपूर्ण सहभागी गराउँदै आएको छ । यसका लागि कलेजले विज्ञान एवं सूचना प्रविधि क्लव, संस्कृति क्लव, खेलकुद क्लव स्थापना गरेको छ । यी विविध क्लबमा रहेर विद्यार्थीहरुले आफ्नो रुचीको गतिविधि गर्न पाउँछन् ।

Skip This
Skip This
Logo