‘अभिमन्युः च्याप्टर एक’ प्रदर्शनमा

‘अभिमन्युः च्याप्टर एक’ प्रदर्शनमा

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ। नेपाली चलचित्र ‘अभिमन्युः च्याप्टर–१’ नेपालभर प्रदर्शन भएको छ । तराईको पृष्ठभूमिमा तयार गरिएको उक्त चलचित्रमा सामाजिक संदेशसहित मनोरञ्जनात्मक कथा प्रस्तुत गरिएको निर्माता विनोद पौडेलले बताए।

उनले भने, “हामीले एउटा सन्देशमूलक कथालाई चलचित्रको शैलीमा रोमाञ्चक बनाएर प्रस्तुत गरेका छौँ । यसले मनोरञ्जन र सन्देश दुवै दिन्छ भन्ने हाम्रो विश्वास छ । नियमित रूपमा बनिरहेका चलचित्रभन्दा फरक बनाउने कोसिस गरेका छौँ ।”

निर्माता पौडेल सहितका समूहले निर्माण गरेका ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा ऐतिहासिक व्यापार गर्न सफल भएको थियो । यो उनले निर्माण गरेको दोस्रो चलचित्र हो । अब्बल अभिनेताका रूपमा परिचित कामेश्वर चौरसियाले कलाकारिता सुरू गरेका झण्डै सत्र वर्षपछि यहि चलचित्रमा मुख्य भूमिकामा देखिएका छन्।

“मैले यही क्षणको प्रतीक्षा गरिरहेको थिएँ । यो समयका लागि मैले धेरै मेहनत गरेको छु । मधेसको कथामा बनेको चलचित्र भएकाले निर्माण पक्षले मलाई रोज्नु स्वाभाविक हो । यो मेरो सङ्घर्षको फल हो र मैले पात्रलाई जीवन्त बनाउन सकेको प्रयत्न गरेको छु”, अभिनेता चौरासियाले भने।

अभिनय यात्रामा पहिलोपटक आफूले कथालाई अगाडि बढाउने अवसर पाउँदा बाल्यकालमै कलाकारिता गर्ने सपना पूरा भएको महसुस गरेको अभिनेता चौरासियाले बताए । उक्त चलचित्रमा उहाँसँगै किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल र सुष्मा निरौलालगायत कलाकारले अभिनय गरेका छन्। चलचित्रमा सुशान्त गौतमले निर्देशन, मुकेश खनालले लेखन, शरद महतोले छायाङ्कन र मदन घिमिरेले सम्पादन गरेका हुन्।

Skip This
Skip This
Logo