अदानचुली। वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्दद्वारा जिल्लाको तल्लो क्षेत्र अदानचुली गाउँपालिकाका क्षतिग्रस्त दुबै विद्युत्् संरचना मर्मतको तयारी थालिएको छ । हाल टुकीको साहारामा रहेको अदानचुली गाउँपालिकालाई जतिसक्दो छिटो विधुतको पहुँचमा पुर्याउन पहल भइरहेको छ ।
वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रको प्राविधिक टोली मर्मतका लागि लागत अनुमान गर्न अदानचुली पुगेको गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताए। गत वर्ष बाढीका कारण मुहानसहित विद्युत् गृह बगाएको अदानचुली–३ गोरपालीमा रहेको छहराखेत लघु जलविद्युत् आयोजनाको विद्युत् गृह अर्को ठाउँमा बनाउनुपर्ने भएको छ । बाढीले बगाएर बगर बनाएको विद्युत् गृह पहिलेको भन्दा केही टाढा बनाउनुपर्ने वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रका इन्जिनियर राजन थापा क्षेत्रीले बताए।
यस्तै अदानचुली–४ कुकुरफाल्ना लघु जलविद्युत्् आयोजनाको अरु सबै संरचना राम्रो भए पनि मुललाई नै अर्को ठाउँमा सार्नुपर्ने तथा विद्युत् गृहको केही भाग मर्मत गर्नुपर्ने देखिएको छ । विधुतको पहुँचभन्दा बाहिर रहेको अदानचुली गाउँपालिकामा लागत अनुमानको निरीक्षणपछि प्रवद्र्धन केन्द्रले छिट्टै काम अगाडि बढाउने र छहराखेत विधुत गृह फरक ठाउँमा सार्नुपर्ने छ ।
दुवै आयोजनाको लगानीबारे एकिन भएपछि बैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रले दीर्घकालीन ऊर्जा सुरक्षाको आधार निर्माण गरेर काम थाल्ने गाउँपालिकाका अध्यक्ष सिंहले बताए। जिल्लाका सबै गाउँपालिकामा विधुत पहँच भए पनि अदानचुली गाउँपालिकामा नहुँदा टुकीको साहारामा बस्नुपरिरहेको छ । प्रवद्र्धन केन्द्र र अदानचुली गाउँपालिकाको लगानीमा दुवैको मर्मत सुरु गरिने छ ।































प्रतिक्रिया