मस्को । रुसको कडा नियन्त्रणमा रहेको चेचन गणराज्यको सरकारी कार्यालयहरू रहेको एक अग्लो भवनमा ड्रोन आक्रमणपछि आगलागी भएको रुसको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमण कारण उक्त भवनमा धेरै तलामा आगलागी भएको जनाइएको छ।
युक्रेनले ककाससमा रहेको यो रुसी गणराज्यलाई प्रायः निशाना बनाउँछ, तर यसका ड्रोनहरू विरलै यो घटना भएको शहरी क्षेत्र र विशेष गरी राजधानी ग्रोज्नीको सहरको केन्द्रसम्म पुग्छन्।
स्थानीय वा सङ्घीय रुसी अधिकारीहरूले विस्फोटको पुष्टि गरेका छैनन्, तर रुसी सरकारी प्रसारक आरटीले एक कानुन प्रवर्तन स्रोतलाई उद्धृत गर्दै यो आक्रमण युक्रेनी ड्रोनद्वारा गरिएको बताएको छ। आक्रमणका कारण कुनै पनि हताहती भएकोे खबर आएको छैन।
रुसी उड्डयन निकाय रोसाभियात्स्याले शुक्रबार सामाजिक सञ्जालमा सुरक्षा चिन्ताका कारण ग्रोज्नी विमानस्थल केही घण्टाका लागि बन्द गरेको बताएको थियो।
धेरै सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा फुटेको सिसाको टावरबाट धुवाँ निस्किरहेको देखिएको थियो । यसको एकतर्फ कम्तिमा पाँच तल्लाका झ्यालहरू फुटेका देखिएको छ।
मानवाधिकार समूहहरूद्वारा ‘राज्य भित्रको राज्य’ भनेर वर्णन गरिएको चेचन्याबाट स्वतन्त्र रिपोर्टिङ त्यहाँका अधिकारीहरूले लगाएको प्रतिबन्धका कारण लगभग असम्भव छ।
सन् १९९० को दशकमा रुसविरुद्ध दुईवटा गृहयुद्ध भएपछि जिहादी पुनरुत्थानको डरका कारण सन् २००७ देखि क्रेमलिनका वफादार रामजान कादिरोभको शासनमा रहेको यो मुस्लिम–बहुल क्षेत्रमा कडा सुरक्षा कायम गरिएको छ।
रूसी सञ्चारमाध्यमहरूले बताएअनुसार उक्त भवनमा चेचन सुरक्षा परिषद् रहेको थियो र यो कादरोभको निवासबाट करिब ८०० मिटर (लगभग २,६०० फिट) टाढा, साथै गुप्तचर सेवा एफएसबीको स्थानीय शाखाको नजिकै रहेको छ । -एएफपी































प्रतिक्रिया