सुदूरपश्चिमले बिराटनगरलाई दियो १४८ रनको लक्ष्य

सुदूरपश्चिमले बिराटनगरलाई दियो १४८ रनको लक्ष्य

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले बिराटनगर किंग्सविरुद्ध मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

आज किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको २६औँ खेलमा टस जितेर बिराटनगरले पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन जोडेको हो ।

सुदूरपश्चिमको ब्याटिङ सुस्त सुरुवातपछि मध्यक्रमका ब्याट्सम्यान आरिफ शेख र इशान पाण्डेले पारीलाई सम्हालेका थिए।आरिफ शेखले सर्वाधिक रन बनाए। उनले ३२ बलको सामना गर्दै १ छक्का र २ चौकाको मद्दतमा ४५ रन जोडे। दोस्रो सर्वाधिक रन बनाउने क्रममा इशान पाण्डेले पनि महत्त्वपूर्ण योगदान दिए। उनले ३५ बलमा ३८ रन बनाए।

यसैगरी ओपनर जस ब्राउनले २५ बलमा २४ रन बनाएर राम्रो सुरुवात दिए पनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्न सकेनन्। कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १९ रन जाेडे ।

यता बिराटनगरका लागि कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गरे। उनले ४ ओभरमा मात्र २० रन खर्चँदै महत्त्वपूर्ण ३ विकेट हात पारे। उनको किफायती बलिङले रोयल्सलाई ठूलो योगफलतर्फ जानबाट रोकेको थियो।

लामिनछाने बाहेक, प्रतिश जिसीले २ तथा बसिर अहमदले पनि किफायती बलिङ गर्दै १ विकेट लिए। यद्यपि, मार्चेन्ट डे लान्गे भने महँगा साबित भए। उनले ३ ओभरमा ३३ रन खर्चिएका थिए।

प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेका यी दुई टोलीको यो भिडन्तले अंक तालिकामा ठूलो असर पार्नेछ ।

Logo