काठमाडौं । विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको सहज जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान सुनिश्चित गरेको छ । ओपनरद्वय फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक ब्याटिङप्रेरित विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाउँदै ६ विकेटको सहज जित निकालेको हो ।
यो जितसँगै विराटनगरले प्रतियोगिताको पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग नै भेट पक्का गरेको हो । सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदा विराटनगरले १० अंकसहित दोस्रो स्थान हासिल गरेको छ ।
काठमान्डु गोर्खाजसँग समान १० अंक भए पनि विराटनगर रनरेट अघि रहेको हो। अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगरबीच मंगलबार पहिलो क्वालिफायर हुनेछ। जित हात पार्ने टोली शनिबार हुने फाइनलमा पुग्नेछ । हार्ने टोली बिहीबार हुने दोस्रो क्वालिफायनरमा पुग्नेछ । बुधबार इलिमिनेटरको खेलमा काठमान्डु र लुम्बिनी भिड्नेछन्। जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायर जित्ने टोली फाइनलमा पुग्नेछ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो ।
लिग चरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमले दिएको १४८ रनको विजयी लक्ष्य विराटनगरले मात्र ११.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । विराटनगरको जितमा दक्षिण अफ्रिकाका अनुभवी ब्याटर फाफ डु प्लेसिस र अस्ट्रेलियाका साम हेजलेटको घातक ओपनिङ साझेदारी महत्वपूर्ण रह्यो ।
फाफ डुले मात्र २० बलमा ५ चौका र ४ छक्काको मद्दतले ५० रन बनाएर टिमलाई तेज सुरुवात दिलाएका थिए। फाफ डूको यो दोस्रो संस्करणको एनपीएलमा कीर्तिमानी अर्धशतक हो ।उनी छिटो अर्धशतक हिर्काउने खेलाडी बने । यसअघि काठमाडौँ गोर्खाजका भीम सार्कीले पनि पोखरा एभेन्जर्सविरुद्ध १९ बलमै अर्धशतक पूरा गरेका थिए । जारी सिजनमा सुदूरपश्चिम रोयल्समा आबद्ध विदेशी खेलाडी हर्मित सिंहले पनि काठमाडौँविरुद्ध १९ बलमा अर्धशतक जोडेका थिए । यसअघि गत सिजनमा भने जनकपुर बोल्ट्सका जिमी निशमले १८ बलमै अर्धशतक जोडेको रेकर्ड छ ।
साथै साम हेजलेटले पनि २७ बलमा ३ चौका र ४ छक्कासहित ५१ रन जोडे। उनीहरुले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए । यसैगरी मार्टिन गुप्टिलले ९ बलमा २२ रन जोडे । साथै लोकेश बम ३ र प्रतिश जिसी १३ रनमा अविजित रहे ।
बलिङमा सुदूरपश्चिमका अविनास बोहरा दुई विकेट र हर्मित सिंहले एक विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित सर्वाधिक ४५ रन बनाए । विनोद भण्डारी १५, जोश ब्राउन २४, इसान पाण्डे ३८, हर्मित सिंह ०, कप्तान दीपेन्द्रसिंह ऐरी १९ र दीपक बोहरा ३ रनमा आउट भए ।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । प्रतिश जिसीले दुई तथा बसिर अहमदले एक विकेट लिए ।





























प्रतिक्रिया