झापा

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुक निरर्थक बहस र विवादमा नअल्मलिने बताएका छन् । "/>

निरर्थक बहस र विवादमा मुलुक अल्मलिँदैन : प्रधानमन्त्री

निरर्थक बहस र विवादमा मुलुक अल्मलिँदैन : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

 झापा

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुक निरर्थक बहस र विवादमा नअल्मलिने बताएका छन् । जनतालाई सार्वभौम र अधिकार सम्पन्न बनाउने बाटोमा मुलुक अगाडि बढिसकेको प्रधानमन्त्री ओलीले बताए ।

दोस्रो पटक प्रधानमन्त्री भए यता पहिलो पटक गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले विगतमा आफूले सामन्ती शासनबाट मुलुकलाई मुक्त गरेर सार्वभौम बनाउने संकल्प गरेको स्मरण गरे । सिंगो देशमा जनता र जनप्रतिनिधिको आकांक्षा विकास रहेको उनको भनाइ थियो । ‘निरर्थक बहस र विवादमा अल्झिने होइन, देश अघि बढ्न चाहन्छ,’ भद्रपुर नगरपालिकास्थित जिल्ला समन्वय समिति झापामा आयोजित प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब कुनै मुद्दा ज्यूँदो राख्नु भन्दा गरिबी समाप्त पार्न तर्फ लाग्छौँ ।’

मुलुकमा बनाइएका शासन प्रणाली र संरचनामा धरमर नगरी अघि बढ्नु पर्ने बताएका प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कन्छ भन्नेहरुलाई ‘मानसिक गुलाम’ को संज्ञा दिएका छन् । ‘देश संघीयतामा गइसक्यो,’ उनले भने, ‘अब एउटा व्यक्तिको हुकुम होइन, जनताको हुकुम ठूलो हो ।’ मुलुकको अहिलेको व्यवस्था कुनै उपहारमा प्राप्त नभइ आफूहरुले लडेर ल्याएका कारण प्यारो रहेको प्रधानमन्त्रीले बताए ।
नयाँ पत्रिकाबाट

 

Skip This
Skip This
Logo