इयुमा पेट्रोल-डिजेल गाडी प्रतिबन्धबारे सदस्य राष्ट्रहरू विभाजित

इयुमा पेट्रोल-डिजेल गाडी प्रतिबन्धबारे सदस्य राष्ट्रहरू विभाजित

केन्द्रबिन्दु
9
Shares

ब्रसेल्स, बेल्जियम । युरोपको अटो उद्योग र त्यसका समर्थकहरू सन् २०३५ देखि पेट्रोल तथा डिजेलका नयाँ गाडी बिक्रीमा रोक लगाउने युरोपेली सङ्घ (इयु) को योजना सहज बनाउने प्रयासमा छन् । उनीहरूले वर्षअन्त्यसम्म यसबारे निर्णय होस् भनेर दबाब बढाइरहेका छन् ।

युरोपेली आयोगले यो लक्ष्यको पुनरावलोकन डिसेम्बर १० मा गर्नेछ । तर सदस्य राष्ट्रहरू र उद्योग क्षेत्रबीचको फरक–फरक मागका कारण निर्णय लिनसक्ने देखिन्छ ।

सन् २०२३ मा तय गरिएको यो लक्ष्यले सन् २०३५ पछि सबै नयाँ गाडीलाई विद्युतीय बनाउने उद्देश्य राखेको थियो, जुन सन् २०५० भित्र इयुको ‘ग्रीन डिल’ को महत्वपूर्ण हिस्सा हो । तर दुई वर्षपछि,‘व्यावहारिकता’ का नाममा यो मिति पुनर्विचार गर्नुपर्ने आवाज बढ्दै गएको छ । अटो निर्माताहरूले लक्ष्य धेरै कठोर भएको बताएका छन् ।

यसैबीच, चिनियाँ कम्पनीहरूले युरोपमा विद्युतीय गाडीको आपूर्ति बढाएपछि युरोपेली उद्योगले प्रतिस्पर्धाको ठूलो दबाब महसुस गरेको छ । यसले कारखाना बन्द हुने र रोजगारी व्यापक रूपमा गुम्ने जोखिम बढाएको छ । -एएफपी

Logo