ललितपुर

भारतको विहारमा अलपत्र परेका ७ जना नेपाली बालबालिकालाई उद्धार गरी नेपाल फर्काइएको छ । "/>

भारतमा अलपत्र परेका ७ नेपाली बालबालिकाको उद्धार गर्न छोराछोरी नेपाल सफल

भारतमा अलपत्र परेका ७ नेपाली बालबालिकाको उद्धार गर्न छोराछोरी नेपाल सफल

केन्द्रबिन्दु
0
Shares

ललितपुर

भारतको विहारमा अलपत्र परेका ७ जना नेपाली बालबालिकालाई उद्धार गरी नेपाल फर्काइएको छ । केन्द्रीय बालकल्याण समिति, हरिहरभवनसँग समन्वय गरी छोराछोरी नेपालले ती बालबालिकालाई उद्धार गरेर ललितपुरमा ल्याएको हो । ती बालबालिकालाई भारतको विहार राज्यको छपरा र मुजफ्फरपुरमा रहेको बालगृह तथा बालिका गृहबाट नेपाल फर्काइएको हो।

उद्धार गरिएकामा ४ जना बालक र ३ जना बालिका रहेका छन् । ती मध्ये बालक सर्लाही जिल्लाको हरिवनका रहेका छन् । त्यस्तै रौतहट, जनकपुर र वीरगन्जका १/१ जना बालिका रहेका छन् । चारै जना बालकलाई बिहारको छपरास्थित बालगृहबाट उद्धार गरिएको हो भने ३ जना बालिकालाई मुजफ्फरपुरको बालिकागृहबाट उद्धार गरिएको हो । उद्धार गरिएका बालक ११ देखि १५ वर्षका रहेका छन् भने बालिका ११ वर्षकी १ जना र ९ वर्षका २ जना रहेका छन् ।

दिल्लीमा काम गर्न भनी ती ४ जना बालक घरबाट भागेका थिए । ती बालकलाई छपरा रेल्वे स्टसनमा रेल्वे प्रहरीले नियन्त्रणमा लिई बालगृहमा बुझाइएको सूचनाका आधारमा सो स्थानबाट उद्धार गरिएको छोराछोरी नेपालका कार्यक्रम संयोजक अनिला डंगोलले जानकारी दिए । अन्य ३ बालिका मध्ये २ जना घरायसी काममा लगाउन बेचिएको र १ जना दाजुसँगै घरबाट भाग्दा छुट्टिएर अलपत्र परेको बुझिएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo