एलजीद्वारा विश्वकै नम्बर १ ओ‌लेड टेलिभिजनको मूल्यमा विशेष छुट घोषणा

एलजीद्वारा विश्वकै नम्बर १ ओ‌लेड टेलिभिजनको मूल्यमा विशेष छुट घोषणा

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । एलजी नेपालले विश्वकै नम्बर १ भनिने ओ‌लेड टेलिभिजनमा विशेष मूल्य छुट घोषणा गरेको छ । नेपाल प्रिमिएर लिग (एनपीएल) सिजन–२ ‘फेस्टिभल अफ हिमालयाज’ को अवसर पारेर एलजीले आफ्ना प्रिमियम मोडेलमा सीमित अवधिसम्म विशेष मूल्य छुट घोषणा गरेको हो।

कम्पनीका अनुसार देशभरका एलजी ब्राण्डसप तथा अधिकृत रिटेलरहरूमा यो अफर उपलब्ध हुनेछ। क्रिकेट सिजनलाई लक्षित गरिएको यो अफर केही समयका लागि मात्र लागु हुनेछ।

क्रिकेटप्रेमीहरू घरमै स्टेडियमजस्तै वातावरणमा खेल हेर्न सकून् भन्ने उद्देश्यले यो अफर सार्वजनिक गरिएको एलजीले जनाएको छ।

जीवन्त रंग र सिनेम्याटिक ध्वनिको संयोजनले एलजी ओ‌लेड टिभीले एनपीएलको प्रत्येक क्षणलाई झनै वास्तविक अनुभूति दिने कम्पनीको दाबी छ।

एलजी नेपालका मार्केटिङ म्यानेजर मुकेश कुमार बैठाका अनुसार नेपाल प्रिमिएर लिग केवल क्रिकेट मात्र होइन, यो नेपाली भावना र गौरवसँग जोडिएको उत्सव हो।

विश्वकै नं. १ ओ‌लेड टिभीमा गरिएको विशेष मूल्य छुटमार्फत प्रत्येक दर्शकले घरमै बसेर प्रिमियम दृश्य अनुभूति लिन सकून् भन्ने हाम्रो लक्ष्य हो भन्दै उनले यो अफरले नेपाली परिवारलाई आफ्नो ‘भ्यूइङ अनुभव’ अपग्रेड गर्न सहयोग गर्ने बताए।

एलजी नेपाल करिब चार दशकदेखि नेपाली बजारमा सक्रिय छ। चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्सले एलजीका उत्पादनहरूको अधिकृत बिक्री तथा ग्राहक सेवा प्रदान गर्दै आएको जानकारी दिइएको छ।

Skip This
Skip This
Logo