कोरोनाले १६ वर्षीय युवाको मृत्यु, थिएन कुनै दिर्घ रोग

कोरोनाले १६ वर्षीय युवाको मृत्यु, थिएन कुनै दिर्घ रोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने मध्ये दिर्घ रोगी र जेष्ठ नागरिकहरू धेरै रहेका छन् ।

तर, रुपन्देहीमा कुनै दिर्घ रोग नभएका १६ वर्षीय एक युवाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ निवासी उनको भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी प्रदेशमा यति कम उमेरको संक्रमित मृत्यु भएको यो पहिलो घटना हो। टाइफाइडको आशंकामा औषधि खाएर घरमै बसेका उनलाई गाह्रो भएपछि अस्पताल लागिएको थियो । पीसीआर परीक्षणका क्रममा शुक्रबार पोजेटिभ रिपोर्ट आएको थियो।

Skip This
Skip This
Logo