कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि १३० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गर्ने जनकपुर बोल्ट्सको निर्णयपछि ब्याटिङमा उत्रेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनको मध्यम स्कोर बनाएको हाे ।

कर्णाली याक्सका लागि इमरान शेखले सर्वाधिक ३३ रन बनाए। उनले ३२ बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरे। यस्तै, तल्लो क्रममा कप्‍तान साेमपाल कामीले मात्र ११ बलमा १८ रनको आक्रामक योगदान दिँदै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोऱ्याए । टोलीका अन्य महत्त्वपूर्ण ब्याटरहरूमध्ये प्रियंक पञ्चालले १६ रन र गुल्सन झाले १९ रनको योगदान दिए।

कर्णालीलाई सानो स्कोरमा रोक्न जनकपुर बोल्ट्सका बलरहरू सफल रहे। खासगरी, ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै आफ्नो ३ ओभरमा १६ रन खर्चेर २ महत्त्वपूर्ण विकेट लिए। आदित्य महराले पनि एक ओभरमा ९ रन खर्चिएर २ विकेट लिए । सङ्गीत कुँवरी सबैभन्दा किफायती बलर रहे। उनले ४ ओभरमा मात्र १२ रन दिएर १ विकेट हात पारे ।

Logo